Country on Canvas

I wonder if my country did not fall on the canvas!
I wonder if my country is a wounded canvas
Or the wounded canvas is my country!

Advertisements

म बाँकी जिन्दगी कसरि बिताउन चाहन्छु?

मैले निर्णय गरे म लेखकनै बन्छु। मेरो पत्रकार हुने चाहाना पनि थोर बहुत पुरा हुन्छ । किनकि म लेख्छु। आफ्नै ब्लगमा लेख्छु। भिड्यो बनाउछु आफ्नै ब्लगमा हाल्छु। लेख्छु, नेताको बारेमा लेख्छु, जनताको बारेमा लेख्छु, उनीहरुको आवाजको बारेमा लेख्छु, झुपडीको बारेमा लेख्छु, मनमा लागेको कुरा लेख्छु । अब आफ्नै देश नेपाल फर्केर लेख्छु।

लासमा राजनीति

यो रोएको नाटक गर्नेहरुको मात्र चर्चा हो ,
मान्छे मरिपछी तारिफ गर्नेहरुको मात्र चर्चा हो?
यो लासमा राजनीति गर्नेहरुको मात्र चर्चा हो?

सेता धर्साहरु……………

नियतिले पर्देसिएकाहरुको कथाब्यथा यहाँको झण्डै ७० डिग्रीको गर्मी भन्दा चर्को भेटिन्छ जुन न राज्यले सुनेको छ न राज्य चलाउनेहरुले नै सुन्न भ्याएका छन।
मुलुक राणा, पंचायत, बहुदल, प्रजातन्त्र हुँदै अाज संघीय गणतन्त्रमा हिडिरहेको छ भने बाध्यतावश नियत र नियतिको शिकार भई दैनिक बिदेशिने युवाहरूको लर्को बढिरहेको छ। सम्पूर्ण जीवन राजनीति र मुलुकको लागि सुम्पेको भन्नेहरुले नै अाज मुलुक बिखण्डन र बर्वादीतर्फ लगिरहेका छन भने उर्जाशील युवाशक्तिलाई खाडीका मुलुक समृद्ध बनाउनका लागि धपाईरहेका छन् अनि देखाउछन समृद्धिका सपनाहरु।

जय “अ” ! यो स्वरवर्ण भएरै चम्किरहोस ।

गतिलो नेता बन्नलाई तिमीले खप्पर पनि त्यस्तै लिएर आउनु पर्छ र त्यस्तै नेतृत्व क्षमतापनि हुनु पर्छ जसले गर्दा तिम्रा कार्यकर्ताले, तिम्रा पार्टी भित्रकै मान्छेले तिमीलाई साथ दिन थाल्नेछन । पार्टीभित्रका हरेक गुण र अबगुणको जिम्मा स्वयं तिम्रा पार्टीका मान्छेलेनै लिने छन् । तिमीमा राम्रो नेतृत्व छ भने तिमीलाई दोष देखाउन होइन तीमीलाइ र तिम्रो पार्टीलाई बचाउन तिर लाग्न थाल्नेछन । त्यसको स्वार्थ बृहतर हुन्छ। देश र जनताको हितमा हुन्छ ।