Mrityu Diary (‘मृत्यु डायरी’) Launching on Sep 15 at Nepal Academy

यो जीवन र मृत्युको कथा हो । यो हृदयाघात को कथा हो । यो क्यान्सरको कथा हो । यो वियोगको कथा हो। शोकलाई शक्तिमा बदल्नेहरूको कथा हो । यहाँ मृत्यु अभिसाप मात्र भएर आउँदैन, जीवन जस्तै सुन्दर भएर पनि आउँछ भन्ने अभिप्रायले सृजित गैर-आख्यान हो ‘मृत्यु डायरी’। आफन्त र प्रियजन गुमाउनेहरूले भोगेको पीडाको पराकाष्ठा र त्यसबाट फेरी बिस्तारै फिनिक्स चरा झैँ कसरी उठ्न सक्छ मान्छे भन्ने विषय हो ‘मृत्यु डायरी’। ‘मृत्यु डायरी’ मृत्युलाई नजिकबाट चिन्ने प्रयास हो । जीवनलाई सुन्दर र आसावादी पक्षबाट हेर्ने प्रयास हो । जीवन-मृत्यु अनुसन्धानबाट सिर्जित विचार, दर्शन, र संस्कृति पस्किने प्रयास हो । र तथ्य कथा हो ‘मृत्यु डायरी’। आउनुहोस् एक घण्टाका लागि एक छिन भेटौँ र सुनौँ पाठक र समालोचकका कुरा । विशेषज्ञ र क्यान्सर चिकित्सकका कुरा । एउटा डाक्टरले मृत्युलाई कसरी हेर्छ, अनि साधारण पाठक, बिरामी, समालोचक र प्रियजन गुमाउनेले कसरी हेर्छ? उहाँहरूका जीवन, दर्शन र विचारका कुरा । यहीँबाट तपाईँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छु र त्यहिदिन छोटो भेट गर्न चाहन्छु । तपाईँहरूले मलाई दिएको ऊर्जाका लागि धेरै धेरै धन्यवाद । #cancer #socialstigma #death #nonfiction #lifeanddeath #motivation #optimism

Amazon.com: मृत्यु डायरी (Mrityu Diary): वियोगदेखि योगसम्म eBook : Acharya, Tulasi: Kindle Store: Mrityu Diary (‘मृत्यु डायरी’) Launching on Sep 15 at Nepal Academy

Leave a Reply