
A collection of Shakespeare’s stories: The book is a translated-into-Nepali-collection of Shakespeare’s stories, originally in English edited by Charles Lamb and Mary Lamb. Translated stories are: The Tempest, A Midsummer Night’s dream, The Winter’s Tale, Much Ado About Nothing, As You Like It, The Merchant of Venice, Macbeth…
“तुलसीले अनुवादका माध्यमबाट संस्कृतिको त्यो सञ्चरण हुने प्रक्रियालाई सुन्दर किसिमले अगाडि ल्याएका छन् । शेक्सपियरको एउटा युगलाई हाम्रो समाजमा राखेका छन् । तुलसीको अनुवादले संस्कृतिको सामाजिक विरासतलाई भाषाका माध्यमबाट सम्प्रेषण गर्ने काम गरेको छ । विचारलाई मर्न नदिईकन उनले त्यो गरेका छन् । यो संस्कृतिको एउटा महŒवपूर्ण पक्ष हो । तुलसीले संस्कृतिको महŒव कत्तिको हुन्छ बुझेका छन् र उनले अनुवादबाट नेपाली भाषामा साँस्कृतिक सम्बन्ध स्थापित गरेका छन् । अहिलेको सभ्य र भूमण्डलीकरणको यस युगमा संस्कृतिले धेरै ठूलो महŒव राख्छ । साँस्कृतिक सम्बन्ध विस्तारका लागि अनुवादले त्यत्तिकै ठूलो महŒव राख्छ । यस कुरालाई प्रस्तुत कथाहरूले प्रष्टसँग झल्काएका छन् । एक ठाउँको समाज, संस्कृति र सभ्यतालाई अर्को ठाउँमा पु¥याउनु र एक भाषाको विचार, व्यवहार र प्रणालीलाई अर्को भाषामा ल्याउनु र त्यो पनि साहित्यिक माध्यमबाट ल्याउनु सजिलो कुरा होइन । तुलसीले त्यसलाई कलाका साथ सहज बनाएका छन् । तुलसीले प्रस्तुत कथाहरूमार्फत आफूलाई साहित्यिक र साँस्कृतिक राजदूतका रूपमा नेपाली साहित्यमा उभ्याएका छन् । अङ्ग्रेजीका धनी संस्कृति, साहित्य र समाजलाई नेपाली भाषामा भिœयाएका छन् । बेग्लै स्वाद, बेग्लै शब्दमा भिœयाएका छन् । फरक समाजलाई फरक आँखामा ल्याएर राखेका छन् । नयाँ गरेर राखेका छन् । सन्देश पु¥याउने गरेर राखेका छन् । यो रखाइले पात्रहरूले गम्भीर परिचय दिएका कारण संसारका यी कथाहरूको उपस्थिति बाँकी छ ।”— गोपाल पराजुली, कोटेश्वर, काठमाडौँ, मदन पुरस्कार प्राप्त साहित्यकार
“विश्व नाट्य साहित्यमा विलियम शेक्सपियरको भूमिकाबारे सबैलाई थाहै छ । उनका नाटकहरू केही विशेष आख्यान, खास गरेर पुनर्जागरणकालीन युरोपमा प्रचलित कथाहरूमा आधारित थिए । तिनै कथाहरूलाई अनुवादमार्फत नेपाली पाठकहरू समक्ष ल्याइदिएर तुलसीप्रसाद आचार्यले एउटा महŒवपूर्ण साँस्कृतिक योगदान दिएका छन् । अनुवाद विधामा पहिलोपटक कलम चलाएका भए पनि तुलसीको शैलीमा खास खोट लगाउने स्थिति छैन । उनले कथाको शाब्दिक अनुवाद मात्र नगरेर तिनको भावनात्मक परिवेशको समेत सटिक अनुवाद गरेका छन् । अनुवाद विधा समसामयिक नेपाली साहित्यको अत्यन्त महŒवपूर्ण विधा हो । भविष्यमा पनि यस विधामा तुलसीको कलम लगातार चलिरहोस् भन्ने कामना गर्दछु ।”–डा. सञ्जीव उप्रेती, लेखक, प्राध्यापक अङ्ग्रेजी साहित्य
