
तुलसी आचार्यका प्रस्तुत सङ्कलनका कवितामा (Available on Amazon) जीवनका अनेकौंँ आयामहरूको मार्मिक र भावनात्मक चित्रण भएको छ । बाआमाको पहिरनको स्मृति र आफ्नो बालकले उजागर गरेका पुस्तान्तरका सम्झनामा लेखिएका कविताहरूबाट आरम्भ भएको सङ्ग्रहले विषयहरूको प्रयोगात्मक संयोजन गरेको छ । तिनमा बा र हजुरबाको, “आमाका भोगाइ”हरू अनि देशको सम्झनाको अत्यन्त मार्मिक प्रकारले प्रयोग गरिएको छ । कविताका विषयहरू साधारणदेखि लिएर अधिकाव्यिक, दार्शनिक र मातृभूमिजन्य शीर्षकहरूमा फैलिएका छन् । स्मृति र प्रणयरागको प्रयोग अनि आफू सम्प्रति कालमा बसेको भूमि जर्जियाले दिएका काव्यिक क्षणहरूमाथिका उद्गार यो सङ्कलनका कविताको अर्को सुन्दर पक्ष हो । नेपालमा आफ्नी पत्नीलाई लेखेको पत्र र नेपाल भूमिको स्मृतिसँग जोडिएर लेखेका कविताहरू मार्मिक र आकर्षक छन् । केही गद्यात्मक शैलीमा अनि कङ्क्रिट पोइट्रीको शब्दचित्रजन्य प्रयोग गरी लेखिएका कवितामा आचार्यको काव्यसाधनाको फराकिलो पक्ष भेटिन्छ । समग्रमा, योे जीवनका सहज, चुनौतीपूर्ण र भावात्मक पक्षमा लेखिएका पठनीय कविताहरूको सङ्कलन हो ।
– डा. अभि सुवेदी

I Won’t Marry: These are the poems oozed out of the poet’s experience and perception looking at people and the world around him. Most of the poems are on the theme of love, life, and liberty.
They cover a decade long time period in the Himalayan country of Nepal that was affected by People’s war.
All poems carry emotions, human sentiments, and remnants of war, poverty, and loss of lives.
Brilliant poetry, strong images, very poetic!
