बेरोजगारीको बिडम्बना: कतारमा कुलत

मासिक कमाई नेपाली ३००००/- हुनेले ७५०००/- को आइफोन बोक्छ, ईन्टरनेटमा पहुँच राख्छ, सामाजिक संजालमा तस्बिर हाल्छ, तरुनी अधबैंसेसंग च्याटिङ्, भिडियो कल गर्छ तर देशको समाचार हेर्दैन, बिदेशको समाचार पढदैन। प्रसंग चल्दा गफ गर्न पछि हटदैन। देश बिग्रेको थाहा छ तर बनाउनु पर्छ भन्दैन। मैले किन गर्ने, मैले गरेर के नै पो हुन्छ र भन्ने सोचले ग्रस्त भएर अरुले गरे भैहाल्छ नि भन्ने मानसिकताबाट गुज्रिएको आजको युवापुस्तामा नैतिकता, अनुशासन, जिम्मेवारी र उत्तरदायित्वको कमि देखिन्छ। खाडीमा गाडी चढेर काममा गएजस्तो मात्र हुन्न जिन्दगी खाली खुट्टा पैदल हिडनु पनि जिन्दगीको एक हिस्सा हो भन्ने सत्यलाई बुझेर अगाडिको यात्रा तय गर्ने हो भने जिन्दगीमा केही सजिलो हुनसक्छ।

Continue reading

Advertisements

“समृद्धि ” आएको छ!

 पदमप्रसाद भट्टराई , झापा             हाल :- कतार “समृद्धि ” आएको छ, छाएको छ। बिजुलीका पोलैपिच्छे दिनैपिच्छे, भाषण पिच्छे आएको आएकै छ। पोस्टर बनेर आएएको छ।

सेता धर्साहरु……………

नियतिले पर्देसिएकाहरुको कथाब्यथा यहाँको झण्डै ७० डिग्रीको गर्मी भन्दा चर्को भेटिन्छ जुन न राज्यले सुनेको छ न राज्य चलाउनेहरुले नै सुन्न भ्याएका छन।
मुलुक राणा, पंचायत, बहुदल, प्रजातन्त्र हुँदै अाज संघीय गणतन्त्रमा हिडिरहेको छ भने बाध्यतावश नियत र नियतिको शिकार भई दैनिक बिदेशिने युवाहरूको लर्को बढिरहेको छ। सम्पूर्ण जीवन राजनीति र मुलुकको लागि सुम्पेको भन्नेहरुले नै अाज मुलुक बिखण्डन र बर्वादीतर्फ लगिरहेका छन भने उर्जाशील युवाशक्तिलाई खाडीका मुलुक समृद्ध बनाउनका लागि धपाईरहेका छन् अनि देखाउछन समृद्धिका सपनाहरु।