आउदै गरेको दशैँ र बढ्दै गरेको महंगी

कसलाई रहर नहोला र अाफ्नो बर्तमान र भविष्य सुखद बनाउन तर जति मेहनत गरेपनि, जसरी गरेपनि जहिल्यै धाै धाै र अभावको सामना गर्नुपर्ने, मनपरेको खान र लाउन समेत पटकपटक सोच्नुपर्ने खै कस्तो जिन्दगी भनेर अाफैलाई धिक्कार्दै निराशाजनक अभिब्यक्ति मार्फत बिदेशीएका उर्जाशील युवाहरुले पीडा अोकल्नु मुलुक र उनीहरुकै लागि पक्कैपनि शुभ होइन तर यथार्थ यही छ।

Continue reading

बेरोजगारीको बिडम्बना: कतारमा कुलत

मासिक कमाई नेपाली ३००००/- हुनेले ७५०००/- को आइफोन बोक्छ, ईन्टरनेटमा पहुँच राख्छ, सामाजिक संजालमा तस्बिर हाल्छ, तरुनी अधबैंसेसंग च्याटिङ्, भिडियो कल गर्छ तर देशको समाचार हेर्दैन, बिदेशको समाचार पढदैन। प्रसंग चल्दा गफ गर्न पछि हटदैन। देश बिग्रेको थाहा छ तर बनाउनु पर्छ भन्दैन। मैले किन गर्ने, मैले गरेर के नै पो हुन्छ र भन्ने सोचले ग्रस्त भएर अरुले गरे भैहाल्छ नि भन्ने मानसिकताबाट गुज्रिएको आजको युवापुस्तामा नैतिकता, अनुशासन, जिम्मेवारी र उत्तरदायित्वको कमि देखिन्छ। खाडीमा गाडी चढेर काममा गएजस्तो मात्र हुन्न जिन्दगी खाली खुट्टा पैदल हिडनु पनि जिन्दगीको एक हिस्सा हो भन्ने सत्यलाई बुझेर अगाडिको यात्रा तय गर्ने हो भने जिन्दगीमा केही सजिलो हुनसक्छ।

“बाबा कहिले आउने,भोलि आउनु ल”

बर्तमानमा अधिकांश बच्चाहरू बाबू या अामाबाट टाढा भएका छन् । नियति र बाध्यताले बिदेशिएका बाबू या अामाहरु अाफ्ना बच्चाको भविष्यको निम्ति त्यही बच्चाबाट टाढिएका छन् जसको भरिपुरण न पैसाले हुन्छ न त पैसाले किनिएको भाैतिक सुख सुबिधाले नै! कलिला मन मस्तिष्कमा भरिएको बाबु या अामाको माया, न्यानोपन, अाडभरोसाको भोक खाडी लगायतका युरोप अमेरिकी मुलुकबाट पठाईएको रेमिटेन्सले कहिल्यै पनि मेटने छैन।