खबुस देखि जेट एयरवेजसम्मको सपना

जे भए पनि सकारात्मक पक्ष चैं अाफनै मुलुकमा केही न केही गर्नुपर्छ भन्ने सोचको बिकाश भएको छ। यही सोचलाई केन्द्रमा राखेर राज्यको नीति तथा कार्यक्रम, बजेट, अावश्यक नियम कानुन युवामैत्री साथै युवाहरुलाई उद्यमशील बनाउन गर्नुपर्ने काम, दिनुपर्ने सेवासुबिधा, सहुलियत, ऋण अनुदान अादि ईत्यादीको ब्यवस्था राज्यले गरेर युवाशक्तिलाई सदुपयोग गर्दै समृद्धिको यात्रा तय गर्न सकिन्छ।

Continue reading

Advertisements

विवाह गरेर के गल्ती गरे प्रचण्डले ?

विवाहको उत्सव मनाउँदा श्रीमतीलाई थोरै राहात मिल्छ भने किन त्यो नगर्ने भनेर एउटा श्रीमान्ले गर्न पाउँदैन र ? के उसले श्रीमतीलाई खुसी दिन खोजेर अपराध ग¥यो ? ।

मलाई पनि अंग्रेजीमा बोल्न सिकाईदेउन: परदेशमा भाषा

नेपालमा बिद्यालयको सिकाई प्रणालीमा “एकोहोरो संवाद ” ले जरो गाडेको छ। त्यहाँ दोहोरो सिकाई प्रणाली छैन, दोहोरो संवाद खासै हुन्न, कक्षाकोठामा, मञ्चमा गएर बोल्ने अभ्यास हुन्न, शिक्षकले एकोहोरो वाचन गर्ने, बिद्यार्थीले त्यही सुन्दैजाने, नबुझेको सोध्न नसक्ने परम्परागत सिकाई पध्दतिबाट बिद्यालय शिक्षा लिएका सामान्य साक्षर युवाहरू बाट “फरर अंग्रेजी” को अपेक्षा गर्नु मुर्ख्याँई मात्र हुनेछ।

मेरि जुत्ता हे जापानी !

लागिरह्यो कहिले सम्म म यो गित गाइराखुँ “मेरा जुत्ता हे जापानी, ये पतलुन इन्ग्लिश्तानी, सिर पे लाल टोपी रुस्सी, फिर भी दिल हिन्दुस्तानी” । कहिले सम्म टोलाईरहुँ ? मैले मेरो भूगोल मन पराउनु भनेको अति राष्ट्रबाद होइन, न म बसेको बिदेसीभुमि प्रतिको घृणा नै हो । म जन्मेको भूगोलको चाहाना राख्नु भनेको त्यो माटो , त्यहाँका जनताको सम्मान हो । आफु जन्मेको भूगोलमा रम्नु भनेको युद्द जित्नु सरह हो । अन्त्यमा, मेरो पहिचान नै यहि हो ।