खबुस देखि जेट एयरवेजसम्मको सपना

जे भए पनि सकारात्मक पक्ष चैं अाफनै मुलुकमा केही न केही गर्नुपर्छ भन्ने सोचको बिकाश भएको छ। यही सोचलाई केन्द्रमा राखेर राज्यको नीति तथा कार्यक्रम, बजेट, अावश्यक नियम कानुन युवामैत्री साथै युवाहरुलाई उद्यमशील बनाउन गर्नुपर्ने काम, दिनुपर्ने सेवासुबिधा, सहुलियत, ऋण अनुदान अादि ईत्यादीको ब्यवस्था राज्यले गरेर युवाशक्तिलाई सदुपयोग गर्दै समृद्धिको यात्रा तय गर्न सकिन्छ।

Continue reading

Advertisements

सेता धर्साहरु……………

नियतिले पर्देसिएकाहरुको कथाब्यथा यहाँको झण्डै ७० डिग्रीको गर्मी भन्दा चर्को भेटिन्छ जुन न राज्यले सुनेको छ न राज्य चलाउनेहरुले नै सुन्न भ्याएका छन।
मुलुक राणा, पंचायत, बहुदल, प्रजातन्त्र हुँदै अाज संघीय गणतन्त्रमा हिडिरहेको छ भने बाध्यतावश नियत र नियतिको शिकार भई दैनिक बिदेशिने युवाहरूको लर्को बढिरहेको छ। सम्पूर्ण जीवन राजनीति र मुलुकको लागि सुम्पेको भन्नेहरुले नै अाज मुलुक बिखण्डन र बर्वादीतर्फ लगिरहेका छन भने उर्जाशील युवाशक्तिलाई खाडीका मुलुक समृद्ध बनाउनका लागि धपाईरहेका छन् अनि देखाउछन समृद्धिका सपनाहरु।