सुन्ने कबिता: उ अगी अगी, म पछि पछि

म भित्रको मुटु
म भित्र नबसे पछि
म भित्र नधड्के पछि
म उसलाई पछ्याउछु ।
उ अगी अगी
म पछि पछि

Advertisements

“ह्याप्पी भ्यालेनटाईन डे”

यदि उ त्यसो गर्दैन भने
त्यो पनि तिम्रो सच्चा प्रेमी हो,
त्यसलाई पनि तिमी एउटा गुलाफको फुल दिनु
र कसिलो अँगालो हालेर
“ह्याप्पी भ्यालेनटाईन डे” भन्नु।

सुन्ने कविता: डाक्टरसापले कपाल काट्दा !

यो मैले बाचन गरेको एउटा ब्याङ्गात्मक कबिता हो। पडकास्टमा तयार गरेको छु। सुनेर हाँस्नु होला र कस्तो लाग्यो प्रतिक्रिया पनि दिनुहोला।

सिवाय !

तिमी आँफैले फुटाएका मुर्तिका भगनाबेशहरु
बटुलेर फेरी इश्वरको नाम लिन सिवाय !
तिम्रो केहि लाग्दैन
कुर्नु सिवाय,
बस, कुर्नु सिवाय !
फगत, कुर्नु सिवाय !

मदानी र मोही

मलाई मज्जाले मात्न मन छ आफ्नै गाउँमा गाईको मोही पिएर
र बाहिर आँगनमा बाँसको कप्टेराले मेरा बाले आँपको बोट आडैमा
बनाएको खाटमा गुन्द्री ओछ्याएर, उपर खुट्टी लाएर
नजिकै टाट्नामा त्यहि बकाईनाको घाँस खादै गरेका
रहरलाग्दा बाख्राहरु हेर्न मन छ ,
छेउमा कालो कुकुर आफ्नो पुच्छर लुकाउदै हिड्दै गर्दा ,
आफ्ना चल्लालाई लिएर पोथी कुखुरो चर्दै गर्दा
मलाई मेरै श्रीमती र आमाले बनाएको,
साँदेको गुन्द्रुकको अचार खान मन छ ।