सम्झी ल्याउदा डाको छोडि रुन मन लाग्छ । धन्य ओली तिमी छौ र हास्न मन लाग्छ ।।

हावा बाट बिजुली हररर
रेलमा कुद्ने भैयो सरररर
घर-घरमा ग्यास फररर
यति सुने पछि के चाहियो ?
खुसीले खुट्टा भुँई न भाँडामा
ओली माथि-माथि डांडामा
नेपालि जनता सधै खाल्डामा
रमाइरहने भए घिउ र डाल्डामा ।

Continue reading

सेता धर्साहरु……………

नियतिले पर्देसिएकाहरुको कथाब्यथा यहाँको झण्डै ७० डिग्रीको गर्मी भन्दा चर्को भेटिन्छ जुन न राज्यले सुनेको छ न राज्य चलाउनेहरुले नै सुन्न भ्याएका छन।
मुलुक राणा, पंचायत, बहुदल, प्रजातन्त्र हुँदै अाज संघीय गणतन्त्रमा हिडिरहेको छ भने बाध्यतावश नियत र नियतिको शिकार भई दैनिक बिदेशिने युवाहरूको लर्को बढिरहेको छ। सम्पूर्ण जीवन राजनीति र मुलुकको लागि सुम्पेको भन्नेहरुले नै अाज मुलुक बिखण्डन र बर्वादीतर्फ लगिरहेका छन भने उर्जाशील युवाशक्तिलाई खाडीका मुलुक समृद्ध बनाउनका लागि धपाईरहेका छन् अनि देखाउछन समृद्धिका सपनाहरु।

तपोबनमा उ

“जतिबेला म तिमीसँग हुन्थे, तिमिसँग बोल्थे मेरो देह र आत्मामा प्रकृतिको संगित सुन्थे, चराचुरुङ्घीको चिरविर सुन्थे, मयुरको ताण्डव देख्थे, कोपिलाहरु फूल बनि फक्रिन थाल्थे, पानी परेर आकास खुल्ला हुन्थ्यो, मैलो हट्थ्यो , शरिरमा प्रेमको उर्जा भरिएर आउथ्यो, जीवनमा बसन्त आएर रँगिन हुन्थ्यो , सुवासमय हुन्थ्यो, सायद त्यो महशुस न मलाई कुनै ध्यानले दिन सक्थ्यो न तिमिसँगको शारिरिक सहवासले नै । मैले कहिल्यै कल्पना पनि गर्न सक्दिनथे अझै सकिरहेको छैन कि मेरो तिमिसँगको प्रेम तिमिले गरेको ध्यान भन्दा कसरी ठूलो हुन्छ”?

आफ्नी आमालाई परदेशी छोरोको पत्र

आमा,
उसैलाई पठाईदेउ है
बन्दखाममा तिम्रो माया
र पठाउ है,
तिम्रो हातले बनाएको,
खोपामा प्लाष्टिकले बेरेर डब्बामा राखेको,
त्यो अमिलो गुन्द्रुक मेरो लागि।

1 5 6 7 8