लासमा राजनीति

यो रोएको नाटक गर्नेहरुको मात्र चर्चा हो ,
मान्छे मरिपछी तारिफ गर्नेहरुको मात्र चर्चा हो?
यो लासमा राजनीति गर्नेहरुको मात्र चर्चा हो?

मृत्यु !

उ जति बेला पनि आउन सक्छ, 

तिम्रो प्रस्वासमा आएर अल्झिन सक्छ 

तिमी सुतेको बेला, सुरुप सुरुप चिया पिएको बेला 

बिहान घाम उदाएको बेला, गुंधुली साँझमा 

चरा चिरबिराएको बेला, 

जुनी जुनी बाच्ने कसम खाएको बेला, 

बादल मडारिएको बेला, 

दिन खुलेको बेला, 

घरमा गाई ब्याएको बेला

मेरि जुत्ता हे जापानी !

लागिरह्यो कहिले सम्म म यो गित गाइराखुँ “मेरा जुत्ता हे जापानी, ये पतलुन इन्ग्लिश्तानी, सिर पे लाल टोपी रुस्सी, फिर भी दिल हिन्दुस्तानी” । कहिले सम्म टोलाईरहुँ ? मैले मेरो भूगोल मन पराउनु भनेको अति राष्ट्रबाद होइन, न म बसेको बिदेसीभुमि प्रतिको घृणा नै हो । म जन्मेको भूगोलको चाहाना राख्नु भनेको त्यो माटो , त्यहाँका जनताको सम्मान हो । आफु जन्मेको भूगोलमा रम्नु भनेको युद्द जित्नु सरह हो । अन्त्यमा, मेरो पहिचान नै यहि हो ।

गाउँमा पुराण: गुन्द्रुक भन्दा नि अमिलो रसिद

गाउँबाट गुन्द्रुकको ठाउँमा, ” तोकिएको रकम मागपत्र, सहयोग रसिदको ठेली ” हातपर्दा मन गुन्द्रुक भन्दा नि अमिलो भईदिन्छ।

मदानी र मोही

मलाई मज्जाले मात्न मन छ आफ्नै गाउँमा गाईको मोही पिएर
र बाहिर आँगनमा बाँसको कप्टेराले मेरा बाले आँपको बोट आडैमा
बनाएको खाटमा गुन्द्री ओछ्याएर, उपर खुट्टी लाएर
नजिकै टाट्नामा त्यहि बकाईनाको घाँस खादै गरेका
रहरलाग्दा बाख्राहरु हेर्न मन छ ,
छेउमा कालो कुकुर आफ्नो पुच्छर लुकाउदै हिड्दै गर्दा ,
आफ्ना चल्लालाई लिएर पोथी कुखुरो चर्दै गर्दा
मलाई मेरै श्रीमती र आमाले बनाएको,
साँदेको गुन्द्रुकको अचार खान मन छ ।