जीवन अनुभबका कथा: साहित्यका कुरा

हाम्रै समाजमा पनि झमक घिमिरेका जीवन कथा पढ्ने हो भने हामिलाई थाहा हुन्छ समाजले उनको सारीरिक अपाङ्गतालाई कसरि हेर्छ र स्वयं झमक घिमिरेले कसरि हेर्छिन। उनको किताब “जीवन काँडा कि फुल” मा कतै उनि लेख्छिन “मैले आफ्नो सरिरलाइ ऐना मा हेरे, मेरा आफ्नै स्तन नियाले र आफैलाई धेरै सुन्दर पाएँ” यस्तै, यस्तै । एउटि अपाङ्गता भएकी महिलालाई नेपाली समाजले हेर्ने दृष्टिकोण भन्दा फरक उनको त्यो विचार र भावना बेग्लै र व्यक्तिगत यौनिकता र पहिचान संग जोडिएको छ।

Advertisements

म बाँकी जिन्दगी कसरि बिताउन चाहन्छु?

मैले निर्णय गरे म लेखकनै बन्छु। मेरो पत्रकार हुने चाहाना पनि थोर बहुत पुरा हुन्छ । किनकि म लेख्छु। आफ्नै ब्लगमा लेख्छु। भिड्यो बनाउछु आफ्नै ब्लगमा हाल्छु। लेख्छु, नेताको बारेमा लेख्छु, जनताको बारेमा लेख्छु, उनीहरुको आवाजको बारेमा लेख्छु, झुपडीको बारेमा लेख्छु, मनमा लागेको कुरा लेख्छु । अब आफ्नै देश नेपाल फर्केर लेख्छु।

ए छोरी पो ? जितिनस तैले ?

म त भन्छु छोरा पाउनु भाग्य हो भने छोरी पाउनु सौभाग्य । जुन घरमा छोरी छैनन् त्यो घर हरेक चाडवाडमा सधै उराठलाग्दो नै हुन्छ । दिदिबैनी भएको घरको रौनक छुट्टै हुन्छ । तिज,तिहार जस्ता चाडवाडमा कति उज्यालो हुन्छ चेलीबेटी भान्जाभान्जीले घर । छोरा पाउनेले सँसार जित्ने र छोरी पाउनेले हार्ने भन्ने फुपुका कुरालाई एकैछिन गमे । यत्तिकैमा सुतीरहेकी मेरी छोरी उठी ,उसलाई हेरे मलाई भने संसारै जितेझै भयो ,मायाले आलिँगन गरे अनि लागे मेरी छोरी स्याहार्न ।