BLOG

ए छोरी पो ? जितिनस तैले ?

म त भन्छु छोरा पाउनु भाग्य हो भने छोरी पाउनु सौभाग्य । जुन घरमा छोरी छैनन् त्यो घर हरेक चाडवाडमा सधै उराठलाग्दो नै हुन्छ । दिदिबैनी भएको घरको रौनक छुट्टै हुन्छ । तिज,तिहार जस्ता चाडवाडमा कति उज्यालो हुन्छ चेलीबेटी भान्जाभान्जीले घर । छोरा पाउनेले सँसार जित्ने र छोरी पाउनेले हार्ने भन्ने फुपुका कुरालाई एकैछिन गमे । यत्तिकैमा सुतीरहेकी मेरी छोरी उठी ,उसलाई हेरे मलाई भने संसारै जितेझै भयो ,मायाले आलिँगन गरे अनि लागे मेरी छोरी स्याहार्न ।

Advertisements

“फ्रेन्डशिप”

मित्रता व्यक्ति-व्यक्ति बिचको पारस्परिक भावनात्मक सम्बन्ध हो । यसभित्र पर्ने तत्वहरुमा धेरै कुराहरु पर्न आउँछन जस्तो: उद्धारता, प्रेम, साहानुभुती, इमान्दारिता, परोपकारिता, उद्धारणियता, विश्वासिलो, नरमता, सहयोगी, क्षमा दिन सक्ने, र अरुको खुशी र प्रगतिमा रम्न सक्ने । यिनै तत्वहरु बिबाहित जोडिहरुमा पनि भैदियो भने त्यो अझ टिकाउ र अजम्बरी हुन्छ।

होली

जीवनका कलेबरमा हुन्छन तिनै रङ्ग
आज एउटा भोलि अर्को तपाईं हामि संग
लौ हामि होली खेलौ बोकी हातमा रङ्ग
तेरो मेरो भाव फाली मिलौ साथि संग

मलाई पनि अंग्रेजीमा बोल्न सिकाईदेउन: परदेशमा भाषा

नेपालमा बिद्यालयको सिकाई प्रणालीमा “एकोहोरो संवाद ” ले जरो गाडेको छ। त्यहाँ दोहोरो सिकाई प्रणाली छैन, दोहोरो संवाद खासै हुन्न, कक्षाकोठामा, मञ्चमा गएर बोल्ने अभ्यास हुन्न, शिक्षकले एकोहोरो वाचन गर्ने, बिद्यार्थीले त्यही सुन्दैजाने, नबुझेको सोध्न नसक्ने परम्परागत सिकाई पध्दतिबाट बिद्यालय शिक्षा लिएका सामान्य साक्षर युवाहरू बाट “फरर अंग्रेजी” को अपेक्षा गर्नु मुर्ख्याँई मात्र हुनेछ।

वृक्ष

वृक्षमै झुन्ड्याईए तानाशाहबाट सपुतहरु
एंनी फ्र्यांकले झ्यालबाट हेरिन त्यहि वृक्षलाई
जहाँबाट गेस्तावोले उनको परिवारलाई
घिसारेर लग्यो