मैदारो: उल्टो पेन्टीङ्गको कथा ।

मैदारो उपन्यास सामाजिक कुरीतिको र यस बिरुद्दको कथा मात्र होईन, ‘पेन्टीङ्ग’ प्रतिको सम्मान पनि हो ।
कविले जव कथा लेख्छ उसले “मैदारो” लेख्छ । र बन्छ मैदारो बिम्बात्मक, लयात्मक, काव्यात्मक, र कलात्मक । भाषाले र बर्णनले यति मिठो गरि तान्छकि सब्द झंकार कुनै युवतीको नृत्यमा बज्ने पाउजु जस्तो वा छाँगाबाट झर्ने झरना जस्तो, वा तपोबन नजिकै हुँदै बग्ने कुलोको आवाज जस्तो हुन्छ । त्यहि भएर अरु पाठकजस्तै म पनि तानिए।
मैदारोका उपन्यासकार कबि भूपिन हुन् । उनले लेखेका कवितामै म एउटा उपन्यास देख्छु र यो उपन्यासमा मैले हजार कबिताहरु भेट्छु । मैदारो उल्टो समाजको सुल्टो कथा हो जसलाई उपन्यासकार भूपिनले उल्ट्याएर प्रस्तुत गरेका छन् । यस उपन्यासको प्रमुख पात्र नदिनका उल्टा चित्रकलाहरु छन् जसले समाजलाई सुल्टो संदेश दिइरहेको छ। आत्महत्या गरिसकेको नदिनले आफ्नो आत्महत्याको कारण, जीवन कथा र पृष्ठभुमि बताईरहेको छ । कथा “सरियल” जस्तो बनेर यथार्त समाज र तत्कालिन परिवेशलाई उजागर गरिरहेछ । घरि-घरि साहित्यमा एउटा प्रयोग जस्तो पनि लाग्छ भूपिनको प्रस्तुति, मानौ त्यो भूपिन प्रयोग हो ।
बैचारिक, दार्शनिक र बिबेचनात्मक सम्बादले निकै ठाउँ ओघटेको छ यो उपन्यासमा जसले पाठकलाई सोच्न बाध्य बनाउँछ । सुचित गर्छ । मनोरन्जन मात्र दिदैन, संसारलाई, समाजलाई एकचोटि देखाईदिन्छ कलाको माध्यम द्वारा । चित्रकलाको माध्यमद्वारा । समाजका थुप्रै कुरीति, छुवाछुत र सामाजिक सोच र चिन्तनलाई नदिन सार्कीको ‘न्यारेटिभ’ बाट उजागर गरिएको छ । ‘एउटा फुल फुट्यो’ पढ्दा आँसु पनि आयो मेरो त।
यो उपन्यासमा नदिन सार्कीको कथा मात्र छैन । माहान चित्रकार पाब्लो पिकासो हुँदै दार्शनिक मार्क्सको बिचार हुँदै, पौराणिक कथा र पात्र यो उपन्यासमा मिसिन आउँछन ।
घरि घरि उपन्यासकार स्वयं नदिन सार्की बनेर उपन्यासलाई जीवन्तता दिएझै लाग्छ । एउटा स्वयरकल्पना जस्तो लाग्ने र त्यहि भित्र यथार्थ चित्रणगर्ने शैली खुब कलात्मक छ यस उपन्यासको ।
यो उपन्यासमा कमजोरी औल्याउनु पर्ने मैले खासै केहि देखिन । त्यहि पनि पाठक आ-आफ्नै किसिमका हुन्छन । कसैलाई मन पर्ने शैली र प्रस्तुति कसैलाई मन नपर्न सक्छ । यस अर्थमा भन्नु पर्दा घरि घरि लाग्छ यो उपन्यासमा केहि सुचना र बिचारहरु चाहिने भन्दा अलिक बढी पो भयो कि भन्नेझैँ लाग्न सक्छ । वा यो पनि लाग्न सक्छ उपन्यासलाई अनावस्यक अलिकति बढि तन्काईयो कि । घरि घरि यो पनि लाग्न सक्छ नदिनको कथा कि ‘थर्ड पर्सन पोइन्ट अफ भिउ’ बाट लेखेको भए अझ सलल बग्थ्यो कि । वा त्यसो गर्दा साधारण पाठकलाई अझ बुझ्न सजिलो हुन्थ्यो कि । कि त्यसलाई पुरै ‘इटालिसाइज’ गरेर राखेको भए प्रष्ट हुन्थ्यो कि । घरि घरि यो पनि लाग्छ कि यो उपन्यास समाजको कुरीति प्रतिको व्यंग्य हो वा चित्रकला प्रतिको ब्याख्या । कथालाई अझ बढि ‘फोकस’ बनाउन सकिने ठाउँहरु छन् भन्ने लाग्छ । कतै कतै उपन्यासकार आँफैले बिष्लेषण गर्नु भन्दा त्यसलाई कुनै सम्बादमा राखेर प्रस्तुति गर्न पाएको भए अझ रोचक हुन्थ्यो कि जस्तो पनि लाग्छ ।
खैर जे होस्, यो त खालि एउटा पाठकको दृष्टिकोण मात्र हो । त्यो भन्दा बढी यो उपन्यासले समाजलाई के दिएको छ र यो कथाले के बोल्छ भन्ने अझ महत्वपुर्ण हुन्छ । पोखरा बाट काठमान्डू आउँदा, कलंकी आईनपुगि मैले सिद्ध्याएको यो उपन्यासले मलाई कसरि तानेछ तपाई आँफै भन्नसक्नु हुन्छ । बधाई उपन्यासकार प्रिय कबि भूपिनलाई ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.