हंस: यथार्थ र कल्पना मिश्रीत "सरियल" उडान

डा उप्रेतीको उपन्यास ‘हंस’ हंसझै उडेर काहाँ काहाँ पुग्छ । घरि धरातलमा हिड्छ । घरि आकासमा उड्छ । घरि पानीमा पौडिन्छ। घरि अमेरिका सम्म दौडिन्छ । र अन्त्यमा प्राणि आँफै कल्पनाको उडान लिन्छ । यो उपन्यासमा मैले धेरै बिषयबस्तु पाँए जस्तो प्रेम, घृणा, बिछोड, प्रकृतिमोह, मानवता, किटपतंग र चराचुरिमा देखिने उच्च मानविय संवेदना र भाषा र संचार ।
सबैभन्दा महत्वपूर्ण यस उपन्यासको मैले के पाँए भने यसको दार्शनिक चिन्तन खासगरि जव कथा टौदहका हाँस र बकुल्लोमा केन्द्रित हुन्छ । उनीहरुको कुरा गराई र उपन्यासको अन्त्यतिर त्यो बुढो हाँसले गरेको आन्तरिक उडान । अलिकति यथार्थ जस्तो पनि लाग्ने, अलिकति बेजोड कल्पनामा बहकिए जस्तो पनि लाग्ने, अलिकति मानव सभ्यतालाई व्यङ्ग्य गरेजस्तो पनि लाग्ने, मान्छेले प्रेम गर्न ति प्रेमिल चराहरुबाट सिक्नुपर्ने जस्तो पनि लाग्ने एउटा कल्पना भित्रको यथार्थ, एउटा यथार्थभित्रको कल्पनाझैँ लाग्यो मलाई यो उपन्यास ।
कथाभित्रको कथा, त्यो कथाभित्र पनि अर्को कथा जस्तो लाग्ने यो उपन्यासको बनोट रोचक छ र ध्यान दिएर पढे कथाले मज्जाले तानेर लान्छ । मलाई ति बुढि आमैको टौदहको कथा भन्दा पनि जारको कथाले तान्यो। त्यो एउटा आप्राबासी अनुभव र यथार्थ हो । मलाई लाग्यो दुई वटा कथा, एउटा जारको कथा , अर्को बुढि आमैको कथा समानान्तर अगाडि बढिरहेका छन् । केहि हदसम्म ति दुई कथाहरुबीच ‘कनेक्सन’ देखिन्छ तर उपन्यास पढेर सिध्याएपछि मलाई लाग्यो उपन्यासकारले यी दुईटा कथालाई कपाल बाटेजस्तो स्पष्टरुपमा ‘ब्रेइडेड’ गरेर लगेको भए हुन्थ्यो। टौदहका हाँसका मात्र कथा भएको भएपनि त्यति रोचक नहुनसक्थ्यो त्यसैले जारको कथाको उपस्थितिको खाँचो भने छ । तर त्यो कथाले हाँसका कथासंग प्रष्टरुपमा कसरि ‘कनेक्ट’ हुनसक्छ भनेर पाठकले भरसक घोत्लिनु नपरोस । यद्दपि केहि हदसम्म त्यो ‘कनेक्सन’ मैले पाँए जव यी हरफहरु पढे ‘सायद मानिस र हाँसका कथामा त्यति फरक थिएन’ (१८५) तरपनि मानिसलाई नियम र कानुनले जति बाँध्थ्यो त्यति हाँसलाई बाँधैन्थ्यो ।
मज्जानै आउँछ पढ्दा खासगरि बिम्ब, दर्शन, बिचार र चिन्तनसंग खेल्ने पाठकलागि । यस उपन्यास भित्रका हाँस, बकुल्ला र अरु चराहरु समाजभित्रका विभिन्न पात्रहरु जस्तो लाग्छ । घरि घरि मिसेल फुकोले भनेजस्तो सत्य सक्तिले निर्माण वा बिनिर्माण गर्छ । घरि घरि बिचारमा र पात्रहरुको वार्तालापमा यस्तै झल्किन्छ जव पात्र काकाले भन्छ ‘एकले मौका पाउँदा अर्कोले निल्न खोज्दा रहेछन। त्यहि निलाई र ठुगाईको परिणाम रहेछ इतिहास’ (१६६)।
यसका धेरै सवल पक्षहरु हुँदाहुँदै पनि, यसको बनोटको प्रसंसा गर्दागर्दैपनि अझ प्रष्ट के गरेको भा हुन्थ्यो भने जव ‘फ्लास्ब्याक’ आउंथ्यो त्यसलाई ‘इटालिसाईज’ गरेर अक्षरहरुलाई राखिदिएको भए अझ बुझ्न सजिलो हुनेथ्यो कुन कल्पना, कुन सपना, कुन कथा भित्रको कथा, कुन भुत, कुन भविस्य भनेर । अनि ति बुढी आमैले टौदहका हाँसका कथा भन्दा भाषा र भवेलका कुरा आउँदा म जिज्ञासु भए उनीहरुको सैक्षिक योग्यता कति रहेछ भनेर ।
सारंसमा, उपन्यास मन पर्यो । यस भित्रको दर्शन, बिचार, चिन्तन, मानव सभ्यता प्रतिको ब्यङ्गझै लाग्ने बिम्बात्मक कथा सबै मन पर्यो । डर लागेको थियो कथाले तान्दैनकि भनेर तर तान्यो गजबले । अन्तिम उडान अझ मन पर्यो । तपाईपनि गर्नुहोस हंससंगैको उडान । मज्जा आउँछ ।

One comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.