सत्कारको तरिका बदलौ।

लेखक: पदमप्रसाद भट्टराई

अतिथि देवो भव:’ नेपाली समाज र संस्कृतिको बिशिष्ट परिचय अनि अभिन्न अंग बन्दै आएको छ। घरमा आएका पाहुना, बजारमा भेटिएका आफन्त, बाटोमा भेटिने ईष्टमित्रहरुको सम्मान र सत्कार साँच्चै अद्वितीय र अनुकरणीय छ। परम्परा, संस्कार र पूर्वजहरुको ‘सिको’ नै नेपाली समाजको उज्यालो पक्ष हो। मायाप्रेम, भाइचारा, आपसी सहयोग, सदभाव, आदरभाव आदि हराउदैं गएका कारण अनेक द्वन्द्व र हिंसाको सिर्जना भई पूरै दुनियाँ अस्तब्यस्त र निर्दयी हुन थालेको छ जुन हाम्रो समाज र सभ्यताको बिपरित छ।

कसैको घरमा चिनेको नचिनेको, आफन्त पराया जोसुकै गएपनि उसलाई सत्कार र सम्मानपुर्वक ब्यवहार गरिन्छ।मीठो बोली र मीठो मसिनो खानाले गरिने सम्मान र सत्कार बाँकी दुनियाँका निम्ति गतिलो नमुना हुनसक्छ। बढदो शहरीकरण, पश्चिमा मुलुकहरुको देखासिकी, कार्यब्यस्तता आदि कारणहरुले शहर बजारमा घटदै गरेको सम्मान र सत्कारको यो नमुना गाँउघरमा अझैपनि पाईन्छ जसलाई नेपालीको माैलिक पहिचानको रुपमा स्थापित गराउदै मेलमिलाप र भाइचाराको सन्देश पुरै दुनियाँलाई दिन जरुरी छ।

आआफ्नो धर्म, रितिथिति, परम्परा र संस्कार अनुसार आफन्तलाई गरिने सत्कार र सम्मान अलग अलग छ जो आफैंमा बिशिस्ट छ।खासगरी शुरुमै गरिने ‘चिया सम्मान’ सबैको लागि साझा भएको छ। सम्मान, सत्कार र खानपिनमा गरिने जबरजस्तीपनमा अब चैं सोच्नैपर्ने अवस्था आएको महसुस भएको छ। आज कुनै न कुनै रोगसंग प्रत्येक नेपाली जुधिरहेका छन।स्वास्थ्य र खानपिनमा तादम्यता छैन। सबैले सबैथोक नखान सक्छन, कसैले खानै नहोला, कसैले बारेका हुनसक्छन, कसैलाई डाक्टरले नखानु भनेको होला, यस्ता कुराहरुलाई वास्ता नगरी एक्कासी ल्याईने ‘चिया’ (त्यो पनि दुध हालेको) धेरैका निम्ति निल्नु न ओकल्नु भईदिन्छ।स्वास्थ्यका हिसाबले दुधचिया एक प्रकारको मन्दबिष जस्तै हो। कतै हामी सत्कारको नाममा बिष त पिलाईरहेका छैनाै! गम्भिर भएर सोच्नुपर्ने भएको छ।

अनेक बिकल्प छन अलिकति फरक ढंगले गर्ने हो भने दुवै पक्षलाई कुनै गुनासो रहन्न।चियाकै कुरा गर्ने हो भने कालो चिया, रातो चिया दिन सकिन्छ जसले कसैलाई कुनै बेफाईदा गर्दैन जसरी दुध चियाले हानी गर्छ।अझ अप्ठ्यारो नमानी सोधेर पकाउने हो भने पाहुनाको रुचि अनुसारको भोजन गराउन पाईन्छ भने उनीहरुलाई पनि आत्मसन्तुष्टी मिल्न जान्छ। खानाको लागि गरिने जबरजस्तिमा इन्कार गर्ने र स्वीकार गर्ने अवस्था रहन्न त्यो त एक किसिमको सजाय भोगे जस्तो हुन जान्छ। आत्मियता र सत्कारमा त उसको रुचिको ख्याल गरिन्छ न की जबरजस्ति लादने काम हुन्छ। सोधेर उसको रुचि अनुसारको सामान्य खाना ख्वाउनु नै दुवै पक्षका निम्ति हितकर हुनेछ।

नेपाली समाज अलिकति ढर्रा, अलिकति हाैसिने र अलिअलि देखासिकीले ग्रसित छ। घाँटी हेरी हाड निल्ने कुरा उखानमा सीमीत हुदैगएको छ। जे छ, जति छ त्यसले पुर्याउने र खुशी हुने भन्दापनि बजारको भरपर्ने चलन बढदो छ।बारीको ताजा तरकारी भन्दा बजारको बिषादीयुक्त तरकारी खुवाउदा ठूलो भईन्छ भन्ने आम धारणा बनेको छ। सागपात भन्दा माछामासुमा शान र शाैकत बढी ठान्नेहरु आफ्नै करेसाको साग खुवाउनुलाई स्तर र हैसियत नमिल्ने भन्दै बजार दाैडनुमा गर्व गर्दछन। बजारे तामशी भोजन भन्दा घर करेसा कै सामान्य भोजन नै सर्वोत्कृष्ट हो भन्ने कुरालाई मध्यनजर गर्दै पाहुनालाई जे जस्तो छ, त्यही मीठो बोलेर, झर्को नमानी आात्मियताको साथ खुवाउने हो भने अरु ढर्रा जरुरी हुदैन। उनीहरुको अपेक्षा अनेकाै ब्यञ्जन, अनेकाै परिकार नहुन सक्छ तर मीठो बोली र आत्मिय ब्यवहारको अपेक्षा चैं जो कसैले गरेका हुन्छन।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.