आखिर के नै र छ र ?

कहिलेकाहिँ यो मन त्यसै बहकिन्छ । बरालिन्छ। भावुक हुन्छ । भौतारिन्छ । आँखा अगाडि देखिने चिजहरु सबैको माया लाग्न थाल्छ । बिहान उठ्दा ओछ्यानबाटै देख्छु म मेरो कोठाको झ्यालमा आएर बसेका केहि चरा । सोच्छु, यिनीहरु अब कति दिन बाँच्दा हुन् । रुखका बुट्ट्यानहरुले घेरेको छ म बस्ने घर । त्यसैको आडमा एउटा तलाउ छ । सम्झिन्छु यी रुखहरु अब कति दिन यस्तै हरिया रहिरहलान । यो तलाउ कहिले सम्म यसरि पानीले भरिरहला । फुत्त एउटा हरिण निस्किन्छ झाडी बाट बाहिर टहल्दै, तलाउ तिर लम्किदै  र म टोलाउँछु कतिन्जेल सम्म यसले बुर्कुसी मार्दो हो यो पृथिबीमा । टेबलमा राखेको मेरो साम्सङ्ग फोन उठाउँछु र कैद गर्छु उसलाई क्यामेरामा । बुर्कुसी मार्दै फेरी हरिण झाडी भित्र पस्छ । सम्झिन्छु अब यो को संग गएर, कसरि दिन बिताउँदो हो। हावा चल्छ सरसर । थाह पाउँछु पात हल्लिएको देखेर । यो हावा नभए म कसरि बाँच्थे होला। ति चरा र हरिण मेरो दृश्यमा कसरि आउँथे होलान । त्यो तलाउमा तरंग कसरि उठ्थ्यो  होला ! यो मेरो मुटुको रगत कसरि सफा हुन्थ्यो होला !  मेरो, यो सृष्टिको स्वासप्रस्वाश कसरि सम्भब हुन्थ्यो होला ? प्रकृति म भएँ ठाउ कहाँ आइपुग्थ्यो होला र? म प्रकृतिको नजिक कहाँ पुग्न सक्थे होला र? म र प्रकृति बीचको यो मायाको साईनो कहाँ लाग्थ्यो होला र ? हो हावा नभईदिएको भए ।

झ्याप्प आएर बस्छ झ्यालमा कसिङ्गर । सायद त्यो पनि हावाले नै ल्यायो । हरेक अणुमा, कण-कणमा लुकेको छ प्रकृतिको प्यार । थोरैमा धेरै छ, सानोमा बिसाल छ । कमिलो घ्रिसिदै आउँछ त्यहि झ्यालमा र बोकेर लान्छ कसिङ्गर आँफु भन्दा ठुलो । सोच्छु कति दिन बाँच्दो हो त्यो कमिलो । त्यो परिश्रमी कमिलो । परिश्रम गर्नेहरुको बचाँई खासै लामो हुँदैन । देखेको छु ।

त्यसै सबको माया लागेर आउँछ । सम्झनामा आउँछ गाउँ । खेतका गरा । पानीले भरिएका गरा। रोपारले भरिएका गरा । धानका गरा । बालि लागेका गरा । बालि भित्राएपछिका गरा । सम्झनाका गरा । गैरी खेत। खेत नजिकैको खाडि । खाडी वरिपरिका सिसौका रुख । त्यसको आडमा बुढो बकैनाको रुख । त्यो मर्यो कि छ कुन्नि । बकैनाको घाँस मन पराउने बुढि बाख्रो । बिचरा त्यो म सानै हुँदा मर्यो । त्यो बुढो सिमलको रुख । त्यो पनि ढल्यो । बाँकी त सम्झानामा हावा चल्दा फुस फुस उड्ने सिमल भुवा मात्रै । भुवासंग उड्ने त्यो मेरो कलिलो मन । बुवा संग कुदने त्यो मेरो चंचलपन । त्यो पनि दुई दसक भन्दा बढि भैसकेछ ।  

म ओछ्यानबाट उठ्छु र कपमा तातो पानि लिएर बाहिर बरन्डामा निस्किन्छु । सुरुप्प पार्छु । मेरो पनि उमेर त ढल्किसकेछ । को कति दिन बाँच्दो होला र ? मैले कसलाई बचाउन सक्दोहुँला र? स्वयं प्रकृति बाच्न सक्दैन । त्यो निर्दोष  चरो बाँचे हुन्थ्यो । त्यो हरिण अजर रहे हुन्थ्यो । ति रुखहरु सधै त्यस्तै रहे हुन्थ्यो । तर आखिर हरिण पनि मर्छ नै । रुख पनि ढल्छ नै । तलाउ पनि सुक्छ नै । समय कहाँ रोकिदो रहेछ र ?  हरेक कुरा आफ्नै बेगमा चल्दो रहेछ ।

अर्को सुरुप्प पार्छु र एक्लै गित गुनगुनाउछु!

Advertisements

One comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.