बेरोजगारीको बिडम्बना: कतारमा कुलत

मुलुकमा ब्याप्त बेरोजगारी, आकाशिदो महंगी, जताततै बढेको भ्रष्टाचार अनि निराशाजनक स्वार्थी राजनीतिबाट आजीत भई अन्तिम अस्त्रको रुपमा भबिश्यमा केही गर्न सकिन्छ कि भनेर म लगायत उनीहरूले बैदेशिक रोजगारीलाई रोज्न बाध्य भएको पाईन्छ। बढदो आवस्यकता, असीमित आकाँक्षा, तामशी जीवनशैलीका कारणले मानिसका असन्तुष्टिहरु बढन गई सो पूरा गर्नेे शिलशिलामा खाडीमा गाडी चलाउने देखि भेडा चराउने लगायतका काम गर्न युवाहरू तयार हुन्छन्। माैशमी प्रतिकुलता (जाडोमा अति चिसो गर्मीमा अति गर्मी) का बावजुद पनि बिहानै चारैबजे उठेर दिनहुँ ड्युटी जानु, मीठो नमीठो जस्तो भए नि खानु, स्वभिमान र आत्मसम्मानलाई थाँती राखेर अर्काको खटनमा रहेर काम गर्नुलाई सानो र कम महत्त्वको मान्न सकिन्न। मुलुकको अर्थतन्त्र धानेको रेमिटान्स प्रत्येक महिना पठाएर घर परिवारको सुख र खुशीका निम्ति पराई देशमा काम गर्न तयार हुनुलाई हलुका रुपमा लिएर महत्त्वहीन ठान्नु न्यायोचित हुन सक्दैन। जिम्मेवार युवाहरु आफ्नो घरपरिवारप्रति आफ्नो उत्तरदायित्व पुरा गर्न खाडी मुलुकमा पनि जस्तोसुकै अप्ठ्यारो परिस्थितिको सामना गरि नियमित रुपमा काममा जाने, प्रत्येक महिना या आलोपालो रुपमा कमाएको पैसा नियमित घर पठाउने गर्दछन् ।

मुलुक भित्रै रोजगारीका अवसर सिर्जना गर्ने, बिदेशीएकाहरुलाई गाउँघरमै फर्केर उद्यम गर्ने वातावरण निर्माण गर्ने, दुर्ब्यसनमा फसेका, फस्दै गरेका युवाहरूको बिवरण सरकारी तवरबाट संकलन गरि बेलैमा उक्त कुलतमा फस्नुको कारण पहिचान गरि मनोबैज्ञानिक परामर्श दिने, सुधारगृहमा राख्ने, नैतिक शिक्षा र मानवीयसंवेदनाको बारेमा शिक्षा दिने जस्ता कामहरु अभियानकै रुपमा संचालन गरि बिग्रदै गरेको युवाशक्तिलाई सही ट्रयाकमा ल्याउन जरुरी भईसकेको छ।

तर सबैले यसो गर्दैनन् , दु:ख लाग्छ, अनि सोध्छु आफैलाई “कसरी चल्दो हो उनीहरुको जिन्दगी, कस्तो हुनेहोला भबिश्य?” पक्कै उनीहरू पनि सुखद भबिस्य र परिवारको सुख र खुशीको निम्ति घरपरिवार, गाउँसमाज र मातृभूमिलाई छोडेर सात समुन्द्रपारी खाडी मुलुकहरुमा काम गरेर पैसा कमाउन आएका हुन। नियमितरूपमा काममा नजाने, अनावश्यक फजुल खर्च गर्ने, साथीहरूको लहैलहैमा लाग्ने, मादक पदार्थ र मदिरा सेवन गर्ने, गैरकानुनी क्रियाकलापमा संलग्न भई खाडी मुलुकका नियम कानुन नमान्ने जस्ता अनेकौं गतिविधि गर्दै आफुलाई “ठूलोबढो” ठान्ने युवाहरुको संख्या बढदै गएको छ। आफ्नो घरपरिवारको वास्ता र चिन्ता नगर्ने, सम्पर्कमा नरहने, नआउने, पैसा नपठाउने, जाँडरक्सी र जुवातासमा खर्च गर्ने एउटा आमरोग बन्दै गएको छ। घरपरिवारको त कुरै छोडाै आफ्नै भबिश्यको चिन्ता छैन उनीहरुलाई। सधैंभरी यस्तै बलबैश र तामशी जीवनशैलीको उन्माद रहिरहन्छ भन्ने भ्रममा उनीहरु बाँचेका छन। यसरी त जिन्दगी चल्दैन, भबिश्यका निम्ति पनि केही सोच्नुपर्छ, केही न केही बचत गर्नुपर्छ भनेर सम्झाउनेहरु उनीहरुका लागि स्थायी शत्रु ठहरिन्छन। मदिरामस्त भएर तास खेल्न बसेपछि महिनाभरको कमाई एक रात पनि पुग्दैन। महिनाभरको तलब हिसाब गर्ने हो भने पन्ध्र दिनको मात्रै हुन आउछ जबकी उसले नियमित ड्युटी गरेको हुदैन। जे जति भएपनि मदिरा र तासको नशाले सम्पूर्ण कमाई एकैछिनमा स्वाहा हुन्छ। ठूला गफ, ठुलै शान अनि ठुलै रबाफ उनीहरुका बिशेषता नै हुन अनि आचरण र अर्थब्यवहार असल र बिस्वस्निय हुन्न। दुनियाँकै सबैभन्दा बहादुर, शाहसी र हिम्मतिलो भनेर स्वयं घोषणा गर्न उनीहरु आफु जत्तिको जान्ने र बिज्ञ कोही छैन भन्दै कुर्लन पछि पर्दैनन्। बोलिचालीको भाषा अलग्गै छ उनीहरुको जुन सभ्य समाजले सुन्न सक्दैन, घरपरिवारमा बोल्न मिल्दैन तर पनि अश्लील शब्दहरू बोल्नु उनीहरूको लागि आत्म गाैरवको बिषय बन्छ, अति सामान्य लाग्छ। थेगो भन्दा बढी त्यो आत्मगाैरवको भाषा आफ्नो घरपरिवारमा कसरी बोल्छन् होला?, साना बच्चाहरूले के सिक्छन होला? बुझ्न कठिन छ।

उनीहरुलाई आफ्नो भबिश्यको चिन्ता छैन, घरपरिवारको वास्ता छैन। यहाँ त उनीहरु स्वतन्त्र छन । न कसैको डर छ न त लाजशरम नै ! छ त केवल दम्भ र अहंकार, अनि घमण्ड। कपाल पाल्छ तर नेपाल फर्केर गाई पाल्छु भन्दैन। मदिरामस्त भएर गर्वले जहाँपनि लडिदिन्छ तर गाउँमा गएर चटपटे बेच्न लाज मान्छ। घरमा फोन गर्दैन तर अर्काकि स्वास्नीलाई भिडियो कल गर्न छोडदैन। मदिरामा जतिपनि खर्च गर्छ तर एउटा स्याउ किनेर खादैन। बिहीबार आयो कि झुम्मारात आयो मदिरा र तासको साथमा रातदिन बितायो। शरीर र स्वास्थ्यको ख्याल नगरी अप्राकृतिक तरिकाबाट उत्पादित मदिरा, जुन मानव स्वास्थ्य प्रतिकुल छ, सेवन गरि होहल्ला, झैझगडा गर्नुलाई ठूलो पाैरखको काम गरेको ठान्ने युवाहरूको संख्या बढदै जानुलाई शुभसंकेत मान्न सकिन्न। जसको कारण सुगर, प्रेसर, मृगौला रोग कब्जियत, अल्सर आदि हुदै सुतेकै ठाउँमा मृत्यु हुने जस्ता घटनाहरु दिनानुदिन बढदै गएको छ। चुरोट र सुर्तीजन्य पदार्थको साथै कानुनले निषेध गरेका अन्य नशाजन्य पदार्थको कुलतमा बिदेशीएका युवाहरु फस्दैजानु समुन्नत समाजका लागि स्वीकार्य हुन सक्दैन। तत्काललाई सामान्य लाग्ने यो बिषयले घरपरिवार, गाउँसमाज अनि समग्र मुलुकलाई दीर्घकालीन असर गर्ने त छदैछ, यो पुस्ताको भबिस्य समेत अन्धकार भई जिम्मेवार र असल नागरिकको कमी हुनजान्छ जसले गर्दा मुलुकमा अराजकता, उदण्डता वृद्धि भई संकट पैदा हुन्छ।
घरको चिन्ता नहुनेलाई देशको चिन्ताले छुदैन। उनीहरुलाई केवल आफ्नो मात्रै चिन्ता हुन्छ। खाने, पिउने, खेल्ने, होहल्ला, झैझगडा गर्ने, मन लागे काममा जाने नत्र नजाने यो भन्दा बाहिरी संसारमा उनीहरूको नजर पुग्दैन, कुनै चासो छैन। सामान्य साक्षर, दुर्ब्यसनमा फसेको, लागेकोलाई त चासो लागेन लागेन अलिकति स्कुल कलेज पढेकाहरु पनि आफ्नो मुलुक तथा बाहिरी दुनियाँका बारेमा चासो राख्दैनन। मासिक कमाई नेपाली ३००००/- हुनेले ७५०००/- को आइफोन बोक्छ, ईन्टरनेटमा पहुँच राख्छ, सामाजिक संजालमा तस्बिर हाल्छ, तरुनी अधबैंसेसंग च्याटिङ्, भिडियो कल गर्छ तर देशको समाचार हेर्दैन, बिदेशको समाचार पढदैन। प्रसंग चल्दा गफ गर्न पछि हटदैन। देश बिग्रेको थाहा छ तर बनाउनु पर्छ भन्दैन। मैले किन गर्ने, मैले गरेर के नै पो हुन्छ र भन्ने सोचले ग्रस्त भएर अरुले गरे भैहाल्छ नि भन्ने मानसिकताबाट गुज्रिएको आजको युवापुस्तामा नैतिकता, अनुशासन, जिम्मेवारी र उत्तरदायित्वको कमि देखिन्छ। खाडीमा गाडी चढेर काममा गएजस्तो मात्र हुन्न जिन्दगी खाली खुट्टा पैदल हिडनु पनि जिन्दगीको एक हिस्सा हो भन्ने सत्यलाई बुझेर अगाडिको यात्रा तय गर्ने हो भने जिन्दगीमा केही सजिलो हुनसक्छ।

मासिक कमाई नेपाली ३००००/- हुनेले ७५०००/- को आइफोन बोक्छ, ईन्टरनेटमा पहुँच राख्छ, सामाजिक संजालमा तस्बिर हाल्छ, तरुनी अधबैंसेसंग च्याटिङ्, भिडियो कल गर्छ तर देशको समाचार हेर्दैन, बिदेशको समाचार पढदैन। प्रसंग चल्दा गफ गर्न पछि हटदैन। देश बिग्रेको थाहा छ तर बनाउनु पर्छ भन्दैन। मैले किन गर्ने, मैले गरेर के नै पो हुन्छ र भन्ने सोचले ग्रस्त भएर अरुले गरे भैहाल्छ नि भन्ने मानसिकताबाट गुज्रिएको आजको युवापुस्तामा नैतिकता, अनुशासन, जिम्मेवारी र उत्तरदायित्वको कमि देखिन्छ। खाडीमा गाडी चढेर काममा गएजस्तो मात्र हुन्न जिन्दगी खाली खुट्टा पैदल हिडनु पनि जिन्दगीको एक हिस्सा हो भन्ने सत्यलाई बुझेर अगाडिको यात्रा तय गर्ने हो भने जिन्दगीमा केही सजिलो हुनसक्छ।

सबै युवाहरुको गतिविधि खराब हुदैन्। धेरैले आफ्नो घरपरिवार, गाउँसमाजको दुःखसुखमा साथ र सहयोग पुर्‍याएका छन, खाडी मुलुकमा रहेर आफ्नो मुलुकमा रेमिटेन्स भित्र्याएर सिङ्गो अर्थतन्त्र धानेका छन। प्रमुख चिन्ता भनेको खराब गतिविधिमा संलग्न युवाहरुको संख्या बढनु हो। यो संख्यालाई उचित शिक्षा, अवसर र जिम्मेवारी दिएर बढन नदिनु राज्यको दायित्व हो। मुलुक भित्रै रोजगारीका अवसर सिर्जना गर्ने, बिदेशीएकाहरुलाई गाउँघरमै फर्केर उद्यम गर्ने वातावरण निर्माण गर्ने, दुर्ब्यसनमा फसेका, फस्दै गरेका युवाहरूको बिवरण सरकारी तवरबाट संकलन गरि बेलैमा उक्त कुलतमा फस्नुको कारण पहिचान गरि मनोबैज्ञानिक परामर्श दिने, सुधारगृहमा राख्ने, नैतिक शिक्षा र मानवीयसंवेदनाको बारेमा शिक्षा दिने जस्ता कामहरु अभियानकै रुपमा संचालन गरि बिग्रदै गरेको युवाशक्तिलाई सही ट्रयाकमा ल्याउन जरुरी भईसकेको छ।

Advertisements

One comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.