तिमी किन गर्दैनौ यो देशको माया, नेता ज्यु?

Your feedback please!

समय-समाचार

म सोफामा टुक्रुक्क बस्छु
हातमा कलम हुन्छ,
झ्यालबाट सुर्यका किरण समात्न खोज्दै
म मेरो कबितालाई जीवन दिन चाहान्छु
मेरो मस्तिष्क कैंचीले
मेरा धमिला सम्झनाहरुलाई काट्दै,
तिनै सम्झनाले म मेरो खाली पानाको “ल्यामिनेसन” गर्छु।
मेरो काब्य भाषामा जाँगर हुँदैन,
नाच्छ दुई भूगोल बीच,
लाग्छ एउटा चितपरिचित, अर्को अजिब
म खन्याउछु कवितामा मेरा भावनाहरु
पाउँछु आनन्द र भ्रमको दुबिधामा
म गर्ब गर्न चाहान्छु मेरो देशको
जसले मलाई न्यानो सुरक्षाको प्रत्याभूत गर्न सकोस ।
देशको राजनीति मेरो सम्झनामा तन्किन्छ अलिक पर
म सुन्दै हुन्छु गरिबी चिच्याएको,
म बिरामी हुन्छु सुनेर असंबेदनशिल ठट्टा
पस्किदै हुन्छन राजनेताहरु जनतालाई,
एउटा “जोक”, बर्बराहाट।
म आँफैलाई हेर्छु ऐनामा
र औंलाहरु आफ्नै अनुहारमा डुलाउछु
मेरा देशभित्रका रेखाहरु खोज्दै
जुन म भित्र एउटा तरङ्ग बनेर कुदिरहेछ ।
मेरो छाती गर्भले फुल्छ थाहा पाएर
ब्रिटिश साम्राज्यसंग झुकेन
मेरो देश
जो संग छन् अनुबाद हुन नसक्ने
संस्कृति, भाषा, रितिरिवाज, जाति
जैविक बिबिधता, र दर्शन
जुन सोफेनहावर र नित्सेले पनि सापटी लिए ।

View original post 85 more words

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s