बिचरा अँठिया केरा !

एक्कासि मेरो एउटा तस्बिर फेला पर्यो। पुरानो, थोत्रो, दोब्रिएको, मान्छेका हातका चक्ररेखाहरुको डाम बसेको, मधुरो, धुलो। मेरा पुस्तकालयमा भएका किताबहरु मिलाउदा मिलाउदै मैले त्यो तस्बिर फेला पारेको थिए। मेरा बा दायाँ, मेरी आमा बायाँ, र म बिचमा | मेरा हातमा अँठिया केरा थियो, मेरा आँखा केहि रसिला देखिन्थे, सिंगानको धर्सो ओँठसम्म झरेको थियो । मेरा बा को कपाल ८० को दशकतिर त्यतिबेलाकै पुराना हिन्दि फिलिमका हिरोहरुको जस्तो थियो, कानै छोपिने गरि, पेन्ट त्यस्तै खुट्टाको गोलीगाठांनेर प्रशस्त फुकेको । त्यसैगरि मेरी आमा सारी चोलोमा थिइन् भने कपाल दुई चुल्ठी बनाएर बाटेकी थिइन् ।

This article/story begins with a dusty picture that the narrator finds between the pages of a long forgotten book in his library. It turns out to be his own picture when he was a child holding a banana, an organic banana called Anthiya which one rarely finds these days. The article reflects on the benefits of bananas, their types and tastes while the narrator in the article worries about the loss of organic food these days in the context of genetically modified organic food.

“ममी त्यो मेरो हातमा अँठिया केरा कहाँबाट आयो?” मैले आमालाई त्यो तस्बिर देखाउदै सोंधे।

“तैले फोटो खिचाउन नमानेर रुन थालेपछि तलाईं फकाउन तेरा बाले नजिकैको केरा घारीबाट त्यो काँचो अँठिया केरा तलाई बोक्न दिनु भएको थियो” आमाले भनिन।

म उमेरले त्यस्तै चार बर्षको थिए सायद । त्यतिबेला हाम्रा घरमा अँठिया केरा प्रशस्त हुन्थे। म तराईको मान्छे । केरालाई प्राय कोला भनिन्थ्यो। नेपालि शब्दकोषमा अँठिया केरा भनेको “गुदीमा मरीच जस्ता काला दाना र बोक्रामा कपासको बियाँमा हुने जस्तो झुस लाग्ने एक जातको केरा ।” खासै मन पराउने राम्रा केराहरुको जातमा यो पर्दैनथ्यो। तर यो केरा भने जसका घरमा पनि घारिका घारी हुन्थ्यो। पाकेको केरा मिठो र गुलियो पनि हुन्थ्यो तर तिनै काला दानाले गर्दा त्यस केरा प्रतिको आकर्षण त्यति रहन्दैन्थ्यो । “हलो” खबर पत्रिकामा एक कृषि सञ्चारविज्ञ लेख्छन “खासगरी त्यो जंगली केरा हो । त्यसलाई अँठिया केरा भनिन्छ । सो केरा भेलबाढी रोक्न लगाइन्छ । बेसरी ठुलो थाम हुन्छ । नदी तर्न  डुंगाको पनि काम गर्छ । त्यसको कोसा अरु केराभन्दा ठुलोहुन्छ र भित्र बेसरी दाना हुन्छ ।”

केरा धेरै हिसाबले फाईदाजनक मानिन्छ । यसले छाला तथा मुटुको रोग, स्नायु प्रणालि, पाचन समस्या, मिर्गौला, कब्जियत, मुटु, रक्तचाप,लगायतका धेरै समस्याहरुको समाधानका लागि उपयोगी हुन्छ। यसमा पोटासियम भन्ने तत्व हुन्छ जुन शरीरको लागि आवस्यक पर्दछ।

यसलाई स्याउसंग तुलना गर्ने हो भने चार गुणा प्रोटिन, दुई गुणा कर्बोहाईड्रेट, तिन गुणा फस्पोरस, पांच गुणा भिटामिन ए, पांच गुणा आईरन र दुई गुणा बडि मिनरल्स पाईन्छ। ति देखि बाहेक केराका बोक्रा दाँत चम्काउन प्रयोग गर्न सकिन्छ । छाला दर्फ़रिएको, किराले टोक़ेको ठाउँमा दल्न सकिन्छ। पालिश सकिएको बेला जुत्ता चम्काउन सकिन्छ । छालामा आएको डण्डीफोरमा दल्न सकिन्छ।

यस्तो केराको चर्चा सबै भन्दा पहिला दक्षिण एसियाली देशमा छैटौ सताब्दीतिर गरिएको थियो । यसको उत्पति मलेशिया तिर भए पनि भारतीयहरुले यसलाई पत्ता लगाएर चर्चामा ल्याएका थिए। यसो पनि भन्ने गरिन्छ कि यो चिज मन पराएर आलेक्जेण्डर दि ग्रेटले समेत भारतबाट पश्चिमी मुलुकहरु तिर पुर्याएका थिए। केराहरु आफ्नै रंग, स्वाद, आकार र प्रकारका हुन्छन र यी केराहरु जंगली जात मुषा एकुमिनाटा र मुषा बालाबिसियाना बाट आएका हुन् । अँठिया केरालाई कतिपयले अझै पनि जंगली केरा भन्ने गर्छन। आजभोलि ति जंगली केराहरुलाई जेनेटिकल्लि मोडिफ़ाईड गरेर विभिन्न टेस्ट र स्वरुपमा बजारमा भित्रियाईन्छ । र केराको अर्गानिक र आधिकारिक स्वादलाई मान्छेको जिब्रो संग मिलाईन्छ। जसले गर्दा आजभोलि अँठिया केराहरु बजारमा त्यति पाईदैनन।

फोटो हेर्दा हेर्दै म भाबुक भए र सोच्न थाले अहिले ति अँठिया केराका घारीहरु कतिका घरमा होलान? क्यामरामा तस्बिर लिन नमान्दा म जस्तै तस्बिरमा भएको सानो बच्चालाई फकाउन कति जनाका बाउआमाले अँठिया केरा हातमा हाल्देलान? समयले बिस्तारै अर्गानिक फुडलाई काहाँ पुर्याउला?

मैले अँठ्या केरा बोकेको तस्बिर टक्टक्याए र सुरक्षित त्यहि किताबको पाना भित्र हाले र मेरो सानो लाईब्रेरीमै राखे मेरी हुर्कदै गरेकी छोरीलाई देखाउन ।

Advertisements

One comment

  1. Reblogged this on Tulasi's blog and commented:

    This article/story begins with a dusty picture that the narrator finds between the pages of a long forgotten book in his library. It turns out to be his own picture when he was a child holding a banana, an organic banana called Anthiya which one rarely finds these days. The article reflects on the benefits of bananas, their types and tastes while the narrator in the article worries about the loss of organic food these days in the context of genetically modified organic food.

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.