आँधी र अधिकारीहरु

म विदेशमा छु दु:ख गर्दै, तर म जन्मेको देशमा भईरहने प्राकृतिक विपतिले मेरो मन भरङ्ग बनाईरहन्छ। म दुखि भैरहन्छु ।

This article raises some serious issues on natural disaster that has claimed the lives of many people in Nepal. It draws the attention of concerned authorities who have failed to acknowledge the real cause of the loss. The article underscores the idea that natural disaster takes place that cannot be avoided, but it requires significant knowledge and proper preparation to mitigate the loss of lives. It provides some practical examples for prevention and precaution.

हालै मात्र मध्य तराई लगायत मुलुकभर नै हावाहुरी अाँधी, असिना सहित भयंकर भएर अायो। बारा पर्सामा त धेरै धनजनको क्षति समेत भयो। अझै पनि हावाहुरी, अाँधीअसिनाको त्रास कायमै छ। पिडितहरु अाकाशमा कालो बादल देखापर्दैमा त्रसित हुन थालेका छन। खाना, नाना र दानाको अझैसम्म  स्थायी रुपमा ब्यवस्था हुन सकेको छैन। बाँचेका हरुको जीवन असाध्यै कष्टकर हुदै गएको छ। खाने बस्ने जस्तो अति सामान्य अाधारभूत अावश्यकता यतिका दिन बितिसक्दा पनि स्थायी रुपमा  पूरा हुन सकेको छैन। सरोकारवालाहरु उक्त बिध्वंशकारी हावाहुरीको न्वारान गर्न मै ब्यस्त छन, मस्त छन।

प्राकृतिक बिपतलाई रोक्न नसकिएला तर क्षति न्यून गर्न अबस्य सकिन्छ। हाम्रा भाैतिक संरचना, अब्यवस्थित बसोबास, बिधुत प्रसारण लाईनको निर्माण कमजोर, असुरक्षित र कामचलाउ प्रकृतिका छन जो नै क्षतिको मुख्य कारक हो। हावाहुरी, अाँधी, असिना, चट्याङ, भुकम्प जस्ता माैसमी र प्राकृतिक क्रिया प्रतिक्रियाहरुलाई न छेक्न सकिन्छ, न रोक्न,  न त तर्काउन नै सकिन्छ। प्रकृतिको यस्ता बबन्डरहरु अाफैंमा बिध्वंसको कारक होइनन् कारक त हामीले निर्माण गरेका कमसल भाैतिक संरचना हुन। हाम्रा अधिकांश भाैतिक संरचना सुरक्षा मापदण्ड अनुसार निर्माण गरिएका छैनन् ।भाैगोलिक बनावट, प्रयाप्त पैसाको अभाव, गुणस्तरीय निर्माण सामाग्रीको अभाव, उत्कृष्ट प्रविधि र दक्ष जनशक्तिको अभाव, उचित मर्मतसम्भारको अभाव जस्ता कारणले गर्दा कमसल निर्माण भई ठूलो क्षति ब्योर्हन बाध्य हुनु परेको छ। यो त भयो ब्याक्तिगत रुपमा बनाईने संरचनाका कुरा। ब्यक्तिगत तवरबाट बनाईने संरचनाहरु त उल्लेखित कारणले असुरक्षित भए नै तर सरकारी तवरबाट निर्माण हुने संरचनाहरु अझ  गुणस्तरहीन र असुरक्षित देखिन्छन् । बनाई नसक्दै पुल भाँचिएका, भासिएका समाचार सुन्न, देख्न अनि भोग्न पाईन्छ। कमसल निर्माण सामाग्रीको प्रयोग, कमिसन, भ्रष्टाचारको चलखेल, तोकिएको समयमा काम सम्पन्न नगरेका समाचारले अखवारका पाना भरिन्छन अनि सम्पूर्ण दोष हावाहुरी, अाँधी असिनाले पाँउछ।

अाउने दिनहरु अझै भयावह र त्रासमय हुने देखिन्छ। हावाहुरी, बाढी पहिरो, चट्याङको भयंकर गर्जन अझै बाँकी छ। यही त्रासमा गुजारा चलाउन कैयौं नागरिकहरु बाध्य छन् । यस्ता संभावित प्राकृतिक प्रकोपहरुको पुर्वअनुमान गर्ने अनि सही समयमै सुचना सम्प्रेषण गर्ने हो भने क्षति न्युनीकरण गर्न सजिलो हुन्छ त्यसैगरी ” अाकस्मिक उद्धार टोली ” (Emergency Rescue Team) प्रत्येक जिल्ला अझ सम्भव भए सम्म सबै स्थानीय निकायमा गठन गरी स्टेण्डबाई राखेेर प्रभावित क्षेत्रमा परिचालन गर्ने प्रणालीको बिकाश गर्न अत्यन्तै जरुरी छ। अहिलेको राहतको लागि, उद्धारका लागि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने अवस्था र ब्यवस्थाको अन्त्य गर्न ढिला भईसकेको छ। बिपत ब्यवस्थापन तथा उद्धार कार्य का निम्ति कसैको निर्देशन नचाहिने, स्वस्फूर्त उद्धार गर्ने, घाइतेको उचित उपचार गर्ने स्वचालित प्रणाली निर्माण गर्नका लागि राज्यले गम्भीर ढंगबाट कदम चाल्नुपर्ने  देखिन्छ। तत्कालीन अवस्थाका लागि  प्रभावित नागरिकहरुका निम्ति राज्यले खाने बस्ने सुबिधा सहितको ” बिपत्ति पिडित अावास गृह” जिल्ला जिल्लामा  निर्माण गर्नुपर्ने देखिन्छ भने दीर्घकालीन रुपमा सहज जीवनयापनका लागि अावश्यक ब्यवस्था गर्नुपर्ने देखिन्छ।

हावहुरीको कुनै निश्चित दिशा हुुदैन, कुनै निश्चित समय हुदैन, यो जताबाट पनि जुनसुकै समयमा अाउने गर्छ। कहिले एक्लै त कहिले असिना, पानी, चट्याङ संग अाउछ र बिनाश गराएर जान्छ। प्रायःजसो नेपालमा फागुनदेखि जेठसम्मको समयमा हावाहुरी अाउने गर्छ। किसानका बालीनालीदेखि कच्ची घरगोठहरु यसको निशानामा पर्छन्  र क्षति हुनजान्छ। माैशमविदहरुको सही भबिस्यबाणी, ब्यवस्थित र सुरक्षित घरगोठ निर्माण अनि त्यसको अनिवार्य बिमा गर्ने, बालीबीमा कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने हो भने केही हदसम्म पिडीतहरुले राहत पाउनेछन् । प्राकृतिक बिपत्तिमा परि अकालमा ज्यान गुमाउनेहरुको संख्या बढदो छ। मृतक अाश्रित प्रभावित परिवार तथा घाइतेको उचित ब्यवस्थापन रेखदेखमा राज्यका सरोकारवाला निकायहरुले प्रयाप्त काम गर्न सकेका छैनन्। उनीहरुको जीवन र दैनिकी अत्यन्तै कष्टकर रहेको यथार्थलाई कुनैपनि वाद र तन्त्रले उचित सम्बोधन गरेको पाईदैन। प्रथमतः यस्ता बिपत्ति र दुर्घटनाबाट हुने क्षति कम गर्न राज्य गम्भीर भएर लाग्नुपर्छ। यो बिषयलाई उच्च महत्त्व दिएर क्षति ब्यवस्थापन र दुर्घटना न्युनीकरण गर्न अावश्यक नियम, कानुन र बजेटको तर्जुमा गर्नुपर्ने देखिन्छ

Advertisements

One comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.