जीवन अनुभबका कथा: साहित्यका कुरा

भर्जिनिया उल्फले उनको कथा “दि डेथ अफ दि मथ” मा एउटा पुतलीको मृत्युलाई लिएर जीवन मृत्युबिचको पौठाजोरीलाई चित्रित गरेकी छन् । कथामा मृत्यु, प्रकृति कति बलशालि हुन्छ, कसैको तागतले पनि त्यसलाई रोक्न सक्दैन भन्ने आसय त छ नै, त्यसमाथि पनि जीवन जति सुन्दर हुन्छ, मृत्यपनि त्यतिनै सुन्दर हुन्छ भन्ने दार्शनिक आसयपनि छ। कथा पछाडि उल्फका व्यक्तिगत जीवन अनुभूतिहरु खैर आफ्ना ठाउँमा होलान तर  कथा पढे पछि एउटा पाठकले के ग्रहण गर्न सक्छ, के संदेश लिएर जान्छ वा के सिक्षा पाउँछ त्यो महत्वपुर्ण हुन्छ। व्यक्तिगत निजि जीवनका लेख हुन् वा, खोज मुलक रचनाहरु, केहि न केहि संदेश, दृष्टिकोण, सिक्षा र ज्ञान तिनीहरुले दिईरहेकै हुन्छन।

कथा पछाडि उल्फका व्यक्तिगत जीवन अनुभूतिहरु खैर आफ्ना ठाउँमा होलान तर  कथा पढे पछि एउटा पाठकले के ग्रहण गर्न सक्छ, के संदेश लिएर जान्छ वा के सिक्षा पाउँछ त्यो महत्वपुर्ण हुन्छ। व्यक्तिगत निजि जीवनका लेख हुन् वा, खोज मुलक रचनाहरु, केहि न केहि संदेश, दृष्टिकोण, सिक्षा र ज्ञान तिनीहरुले दिईरहेकै हुन्छन।

 मलाई लागेको कुरा के हो भने कसरि व्यक्तिका जीवन अनुभबका कथाले जीवन र जगतका अनौठा ठाउँहरुमा पुर्याउँछ। एउटा रोचक यात्रा गराउँछ । त्यो किताब कबिताको हुन् सक्छ, कथाको, उपन्यासको, निबन्धको वा अरु त्यस्तै कुनै खोजमुलक वा बायोग्राफी अर्थात कुनै विधाको ।

पुर्बिय सभ्यता देखि पश्चिमी सभ्यता सम्म भेट्टिने जतिपनि पुस्तक छन् तिनीहरुले हामीलाई संसार देखाईरहेका हुन्छन, मानबता बुझाईरहेका हुन्छन, दर्शन र चिन्तन केलाईरहेका हुन्छन, पिडा र बेदनालाई चित्रित गरिरहेका हुन्छन विभिन्न माध्यमबाट, जस्तो कबिता, कथा, संस्मरण, निबन्ध, आलेख, बायोग्राफी आदि इत्यादि।

उनको “पागल” कबिता त्यसको एउटा उद्धारण हो भने, “मुनामदन” त्यतिबेलाको समाजमा रहेका मुना-मदनहरुको कारुणिक कथा हो । साहित्यले समाज देखाउँछ । त्यस समाज भित्रको कुरीति देखाउँछ। समाज चिनाउँछ। हामीलाई असल मानिस बन्न अभिप्रेरित गर्छ।

सुरु गरौ नेपालि साहित्यबाटै । गुरु प्रसाद मैनालीका कथा नेपाली समाज भित्रका कथा हुन्थे । उनका सरल र सरस कथाहरुले नेपाली समाज बुझ्न सजिलै सकिन्थ्यो । म अझै सम्झिन्छु उनको “परालको आगो” कथा। देबकोटाले कबिताबाटै समाजको चित्रण गरे, जीवन दर्शन बुझाए । समाजका कुरीति बिरुद्द तिखो व्यंग्य प्रहार गरे । उनको “पागल” कबिता त्यसको एउटा उद्धारण हो भने, “मुनामदन” त्यतिबेलाको समाजमा रहेका मुना-मदनहरुको कारुणिक कथा हो । साहित्यले समाज देखाउँछ । त्यस समाज भित्रको कुरीति देखाउँछ। समाज चिनाउँछ। हामीलाई असल मानिस बन्न अभिप्रेरित गर्छ। भूपी शेरचनको “घुम्ने मेच माथि अन्धो मान्छे” अर्को सशक्त साहित्यिक कृति मानिन्छ नेपाली साहित्यमा । उनका ति कबिताहरु आजको सन्धर्भमा पनि उत्तिकै बलशालि छन्। भूपी लेख्छन :

साँघुरो गल्लीमा मेरो चोक छ

यहाँ के छैन? सबथोक छ

असङ्ख्य रोग छ,

केवल हर्ष छैन,

यहा त्यसमाथि रोक छ

साँघुरो गल्लीमा मेरो चोक छ

यहाँ के छैन? सबथोक छ

यस कविताले बोकेको भाब र बिम्ब अझै पनि सान्दर्भिक छ ।

साँघुरो गल्लीमा मेरो चोक छ

यहाँ के छैन? सबथोक छ

असङ्ख्य रोग छ,

केवल हर्ष छैन,

यहा त्यसमाथि रोक छ

साँघुरो गल्लीमा मेरो चोक छ

यहाँ के छैन? सबथोक छ

साहित्यले संसारको तस्बिर लिन्छ । एउटा संस्कृति र परम्परा बाट अर्को संस्कृति र परम्पराको यात्रा गराउँछ। त्यहाँको खाना, रहनसहन, भेषभुषा र मानबिय स्वभाबको उजागर गर्छ। उनीहरुसंग प्रत्यक्ष वा परोक्ष रुपमा मानबिय सम्बन्ध बडाउछ । “माई डेब्ट टु आयरल्याण्ड” निबन्धमा अमेरिकन लेखक जोन जेरेमिया सुलिभानले आफ्नु आयरल्याण्डतिरको यात्रामा त्यहाँको सबै पृष्ठभुमि, संस्कृति, खाना र मानिसहरु संगको भेटको चर्चा गरेका छन् । त्यो संगसंगै हामिले त्यो ठाउँको बारेमा ज्ञान हासिल गर्नुको साथै, त्यहाँको ऐतहाँसिक परिचय पनि पाउँछौ । पात्र परिचय पाउँछौ , उ को हो, उ के चाहान्छ भन्ने थाहा पाउँछौ र त्यसलाई स्वयं आफैमा हेर्न थाल्छौ । यसको अर्थ हो साहित्यले हामीलाई यस्तो झ्याल खोलिदिन्छकि हामि त्यहि झ्याल बाट स्वयं आफैलाई नियाल्न थाल्छौ, आत्मबोध गर्न थाल्छौ।

साहित्यले हामीलाई मानबिय संबेदना बुझ्न मद्दत गर्छ, कथा भित्रका पात्रहरुको विचार र सोचसंग अन्तरक्रिया गराउछ । जस्तो उद्दाहरणको लागि भर्जिनिया उल्फकै “दि डेथ अफ दि मथ” लिउँ। कसरि एउटा पुतली झ्यालमा फ़टफ़टाउदै गर्दा उसको अवसान हुन्छ, त्यहाँ कथाकारले चाहेर पनि बचाउन सक्दैन । एउटा सानो पुतलीको बिषयलाई लिएर एउटा ठुलो निबन्ध जन्माउनु भनेको हाम्रो जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा परिबर्तन ल्याउन सक्नु हो । कसैले याद गर्न सक्थ्यो कि एउटा सानो पुतली र उसको मृत्युले यति ठुलो सतर्कता लेला? यो सबै साहित्यले गराउँछ । अन्तिममा उल्फ लेख्छिन । “जसरि  केहि समय पहिले त्यस पुतलीको जीवन अनौठो थियो त्यसरीनै अहिले उसको मृत्य अनौठो देखिएको छ। अहिले पुत्तली आफै छेउ लागेको छ र कुनै सिकयात्त बेगरै पल्टिएको छ । हो, मानौ उसले यसो भन्न खोजिरहेको छ कि म भन्दा मृत्युनै बलियो रहेछ”।

उनि लेख्छिन “मैले आफ्नो सरिरलाइ ऐना मा हेरे, मेरा आफ्नै स्तन नियाले र आफैलाई धेरै सुन्दर पाएँ” यस्तै, यस्तै ।

साहित्यले मान्छेको सरिर, यौनिकता, र परिचय तथा जातिय पहिचान बुझ्नलाई अभिप्रेरित गर्दछ र उनीहरुप्रति हाम्रो दृष्टिकोण बदल्न उद्देलित गर्दछ ।  हाम्रै समाजमा पनि झमक घिमिरेका जीवन कथा पढ्ने हो भने हामिलाई थाहा हुन्छ समाजले उनको सारीरिक अपाङ्गतालाई कसरि हेर्छ र स्वयं झमक घिमिरेले कसरि हेर्छिन। उनको किताब “जीवन काँडा कि फुल” मा कतै उनि लेख्छिन “मैले आफ्नो सरिरलाइ ऐना मा हेरे, मेरा आफ्नै स्तन नियाले र आफैलाई धेरै सुन्दर पाएँ” यस्तै, यस्तै । एउटि अपाङ्गता भएकी महिलालाई नेपाली समाजले हेर्ने दृष्टिकोण भन्दा फरक उनको त्यो विचार र भावना बेग्लै र व्यक्तिगत यौनिकता र पहिचान संग जोडिएको छ।

यहि प्रसंगमा अमेरिकी लेखिका रोक्सना गेले पनि उनको मोटोपन र कालो छालारंग लाई लिएर खिल्ली उडाउने र उनको सरिरलाइ बुझ्न नसक्ने हरु बीच आफ्नो जीवन अनुभब उतारेकी छन् र पाठकलाई यस्तो पाठ सिकाएकी छन् जसले हामीलाई हाम्रो मानबिय संबेदना र सम्बन्धसंगको उत्तरदायित्वको बोध हुन्छ । यसले हामीलाई सिमित ज्ञान भन्दा बाहिर गएर सोच्न बाध्य बनाउछ । समाजमा हामि कसरि “फिट” हुने, सिकाउछ।  पात्रहरुको मष्तिस्कभित्र छिराउछ । उनीहरु संगै लैजान्छ र हामीले गर्नु पर्ने यात्राको बाटो देखाउँछ र समाजमा अर्थपूर्ण जीवन बाच्न सिकाउँछ । अरुलाई प्रेम गर्न सिकाउँछ र स्वयंले अरुबाट कसरि प्रेम पाउने त्यो पनि सिकाउँछ । साहित्य सभ्यता संग जोडिएकोले यसले हामीलाई सभ्य भएर बाच्न सिकाउँछ।

3 comments

    1. That is a difficult question. You need to find your interest first and Google search that will bring copious results, find good popular articles that discuss the topics you are interested in or highlight some significant topics one needs to peruse. Sometimes, you run into good topics while browsing the books or the Internet. Again, it is really tough for beginners or even for me.

      Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.