सञ्जालको जञ्जाल

हिजो र आजमा धेरै परिवर्तन भइसकेको छ । हाम्रा हजुरआमाहरूले जुन जीवन बिताए, त्यो हाम्रा आमाहरूले बिताएनन् । हाम्रा आमाहरूले जुन जीवन बिताए, त्यो हामीले बिताउनुपरेको छैन । जीवनलाई सरल र सहज बनाउन विभिन्न प्रविधि विकास भइसकेका छन् ।

दिनानुदिन नयाँ–नयाँ आविष्कार भइरहेका छन् । यस्तै प्रविधिको एउटा आयाम हो, सामाजिक सञ्जाल । 
के गाउँ, के सहर सबैतिर मानिसहरू सामाजिक सञ्जालमा व्यस्त भेटिन्छन् । सहरका घरानियाँदेखि दूरदराजका सर्वसाधारणसम्म, सबै सामाजिक सञ्जालको जालोमा जेलिएका छन् । यसमध्ये फेसबुकको जालो लोकप्रिय छ । सहरका ठूलाठालुदेखि गाउँमा मेलापात गर्ने साहिँलीले पटुकामा बोक्ने मोबाइलमा समेत छ, फेसबुक एप ।


केही वर्ष अघिसम्म विदेश गएको छोराको खबरका लागि उसको चिठी कुर्नुपथ्र्यो । महिनौंपछि चिठ्ठी पाउँदा छोराको हालखबर पुरानो भइसक्थ्यो । ‘आराम रही आरामको कामना गर्छु’ भनेर लेखेको चिठी बाबुआमाले पढ्दै गर्दा छोरो कामज्वरोले काँपिरहेको हुनसक्थ्यो । अहिलेका बालबालिकालाई यस्तो तथ्य एकादेशको कथा लाग्छ ।


विज्ञान तथा प्रविधिका कारण हिजो असम्भव मानिएका कुरा आज सम्भव भएका छन् । हिजो कल्पनामा मात्र सीमित कति कुरा आज विपना बनेका छन् । विदेशमा भएका कतिपय नेपाली दसंैमा भिडियो कलबाट नेपालमा रहेका आफन्तबाट टीका–आशिर्वाद थाप्छन् । प्रविधिका यस्ता विकासका धेरै फाइदा छन् । तर यसका आफ्नै चुनौती पनि छन् ।


फेसबुकले टाढाका मानिसलाई नजिक बनाएको छ । यसमा पोष्ट गरिएका सूचना, जानकारीले धेरै लाभान्वित भएका छन् । कतिपय अवस्थामा यसलाई आधार मानेर अपराधीहरू समातिने गरेका छन् । व्यक्तिको सोच, चेतना र जीवनस्तरमा धेरै परिवर्तन ल्याए तापनि सामाजिक सञ्जालका केही नकारात्मक पक्ष छन् । फेसबुकले भावनाको साटासाट र आत्मीयता बढाएको छ । यो सँगैसँगै व्यक्तिगत गोपनीयता विस्तारै हराउँदै गएको छ । केही मानिस उठेदेखि सुतेसम्मका क्रियाकलाप लेख्छन् । आफ्ना कमजोरी खुलासा गर्छन्् । आफू कहाँ कुन ठाउँमा भएको जानकारी दिन्छन् । यसले अपराधीलाई सजिलो बनाएको छ । फेसबुकमा सपरिवार भ्रमणमा निस्केको जानकारी गराउँदा घरमा चोरी भएको छ । सामाजिक सञ्जालका सबै सभ्य हुन्छन् भन्ने छैन । चोर, फटाहा, आपराधिक मानसिकताका मानिस पनि हुन्छन् । हामी सजक हुन जरुरी छ ।


आजभोलि स्मार्ट फोन र फेसबुकको डाटा ट्रयाक गरेर व्यक्तिको अपहरण गर्ने, हत्या गर्ने काम भइरहेका छन् । रिसइबी भएका व्यक्तिका निजी वा संवेदनशील विषयलाई फेसबुकमा सार्वजनिक गरिदिने, धम्की दिने पनि गरेका छन् । इन्टरनेटबाट हुने अपराधमध्ये ६० प्रतिशतभन्दा बढी फेसबुकबाटै हुने गरेको छ ।


अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले केही समयअघि बेलायतका राजकुमार ह्यारीसँगको भेटमा सामाजिक सञ्जालको प्रयोगलाई सकभर कम गर्नुपर्ने बताएका थिए । यसको सदुपयोगमात्रै गर्नुपर्ने उनको भनाइ थियो । पिउ रिसर्च सेन्टरले गरेको अनुसन्धान अनुसार सामाजिक सञ्जालमध्ये सबैभन्दा बढीले फेसबुक प्रयोग गर्छन् । त्यसमा पनि महिला र युवा अवस्थाका मानिसले बढी । यसको बढ्दो प्रयोग धेरैको हातमा स्मार्ट फोन भएकाले सम्भव बनेको हो । सामाजिक सञ्जालले मनोरञ्जन दिएको छ । तर त्योभन्दा बढी मानवीय सम्वेदनालाई अतिरञ्जित बनाएको छ । समाचार र नयाँ कुराहरूप्रति चनाखो बनाएको छ । पिउ रिसर्चका अनुसार बढी फेसबुककर्ताले समाचार र राजनीतिक घटनाक्रम बुझ्न फेसबुक चलाउने गरेका छन् ।


नेपालमा निजी जीवनका कुरा र तिक्तता पोख्ने थलो बनेको छ, सामाजिक सञ्जाल । खासगरी विद्यार्थीहरू यो मामिाला अघि छन् । वयस्क उमेरमा प्रवेश गर्दै गरेकाहरूको निर्णय ‘इम्पल्सिभ’ अर्थात नसोची गर्ने किसिमको हुन्छ । केही लाग्ने बित्तिकै उनीहरू सामाजिक सञ्जालमा लेखिहाल्छन् । विज्ञानले नै के देखाएको छ भने बढ्दो उमेरका व्यक्ति हतारमा निर्णय गर्छन् । कुनै कुराले रिस उठ्यो या मन दुख्यो भने आवेगमा आएर सामाजिक सञ्जालमा टिप्पणी गर्छन् । यसले रिस र द्वेषको भावलाई बढावा दिन्छ । जसको नराम्रो प्रभाव साथीभाइ, समाज, बाबुआमामा पर्छ ।


प्रविधिको प्रयोगले एकअर्काको संस्कृतिको आदान–प्रदान हुँदै जानु सकारात्मक पक्ष हो । तर खाने, लगाउने, हिँड्ने र अरु रहन–सहनमा पाश्चात्य शैलीको प्रभाव बढी परेको देखिन्छ । यस्तो प्रभाव माध्यमिक तहका विद्यार्थीमा बढी पर्न सक्छ । यसले स्थानीय सामाजिक मूल्य र मान्यता विस्तारै हराउँदै जान सक्छ, जीवनयापन, रीतिरिवाज, चालचलन, भेषभूषा आदि । नेपालमा यस्ता माध्यमा नकारात्मक पक्षबारे धेरैलाई जानकारी छैन । अमेरिकामा भने उनीहरूलाई सेन्सरसिपबारे धेरै थाहा छ । आफ्ना कुरा सबै खोल्न हतपत हिच्किचाउँछन् ।


प्रविधिको दुरुपयोग घटाउनु अत्यावश्यक छ । बुबाआमाले छोराछोरीप्रति चासो देखाउने, उनीहरूलाई समय दिने र प्रविधिका फाइदा–बेफाइदाबारे छलफल गर्नुपर्छ । सञ्चारविद् मार्शल म्याक्लुहानले माध्यम नै सन्देश हो भनेका छन् । यो विज्ञान तथा प्रविधिसँगै आएको सामाजिक सञ्जाललको उपयोगितालाई भुल्न सकिँदैन । तर यसको दुरुपयोगप्रति संवेदनशील बन्नैपर्छ ।

kripanews59@gmail.com

प्रकाशित : भाद्र ३०, २०७५ ०८:४८ in kantipur daily. Link:
https://www.kantipurdaily.com/bibidha/2018/09/15/15369806092646670.html?author=1

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.