“फ्रेन्डशिप”

हामी धेरै बिषयमा लेख्छौ, धेरै विधामा लेख्छौ। तर एउटा असल साथीको बारेमा बिरलै लेख्छौ । हुन त धेरै कविहरुले पनि आफ्ना साथीहरुको बारेमा नलेखेका होइनन जस्तो जोन किट्स, अल्फ्रेड लर्ड टेन्निसन। “फ्रेन्डशिप” कै सेरोफेरोमा रहेर लेख्ने दार्शनिकहरु पनि नभएका होइनन जस्तो ज्याक्स डेरिडा जसले लेखे “पोलिटिक्स अफ फ्रेन्डशिप” । साथीलाई केन्द्र बिन्दु बनाएर विभिन्न भनाई र उद्धगारहरु नलेखिएका पनि होइनन प्राचिन सभ्यता देखिनै। साथी के हो भनेर सोधिएको एउटा प्रश्नमा अरस्तुले भनेका छन् “दुई वटा सरिर बिचमा रहेको एउटा आत्मा”। त्यहि वार्तालापको क्रममा अर्का पात्र पाइथागोराले भनेका छन् “साथी भनेका यात्राका सहयात्री हुन्, जसले खुशी तिरको यात्रामा एकअर्कालाई साथ् दिन्छ”। सेनेकाले भनेका छन् “मित्रतामा जहिल्यै फाइदा हुन्छ, प्रेममा चोट हुन्छ” । त्यसैगरी आधुनिक युगमा आएर फ्रान्सिस बेकनले भनेका छन् “साथी बेगर संसार जंगली छ” त्यसैगरी सी एस लुइसले भनेका छन् “मित्रता आवस्यक छ जसरि दर्शन र कला छ” ।

सानो बच्चा हुँदा मित्रताको कसी उनीहरुका क्रियाकलाप र गतीबिधीबाट प्रभावित हुँदोरहेछ जस्तो उनीहरुले खेल्ने खेल । म सानो हुँदा चुङ्गि खेल्न धेरै मन पराउँथे, त्यसरीनै मन पराउने अर्को साथि थियो मेरो । हामि बिचको मित्रताको कसिलाई बलियो बनाउने खेल थियो चुङ्गि ।

मान्छे जव बिस्तारै बढ्दै जान्छ र किशोर अवस्था हुँदै बयस्क अवस्थामा पुग्छ, शैसबकालको साथी, साथी नभैइरहन सक्छ। उसका हरेक दिनका क्रियाकलाप, उसका चाहाना, जीवन प्रतिको उतरदायित्व परिवर्तन हुँदै जान्छ र मित्रताको सम्बन्ध एउटा गतिबिधि वा क्रियाकलाप बाट मात्र मापन हुँदैन, त्यो संगै, एकअर्का प्रतिको दया, करुणा, सम्मान, सहयोग, आचरण, र बानीव्यहोराले समेत भूमिका निभाउन सक्छ । समाजमा हुर्किदै गएको ब्याक्ति सामाजिक परिभेषमा रिसालु, इर्ष्यालु, र झगडालु पनि बन्न सक्छ र हिजोको मिल्ने साथि बयस्कको अवस्था आउन्जेलसम्ममा सत्रु पनि बन्न सक्छ | अर्को तिर उ सभ्य र इमान्दार हुँदै गयो भने हरेक दिन उसले नयाँ साथी पनि बनाउदै जान्छ, थप्दै जान्छ। हुनत विभिन्न अध्यनले पनि त्यहि देखाएको छ।

बिधालयमा संगै पढ्दा बनेका वा बनाईएका कति असल साथीहरु पछि कलेज प्रवेश गरे संगै, घरजम बसाएसंगै धेरै लाखापाखा लागिसकेका हुन्छन । यद्दपि अध्यनले के देखाउँछ भने बिधालयमा छँदा बनाईएका साथीहरु प्राय पछि सम्म मिल्ने साथीहरुनै भएर रहिरहन्छन  । सायद त्यही भएरहोला आजसम्म पनि त्यो मित्रताको कसी अझै छ मेरो एउटा साथी संग। जो संग मेरो शैसबकाल चुङ्गि खेलेर बित्यो, उसका खेतका बारीमा प्राय अम्बक टिपेर बित्यो, स्कुलको टिफिन ब्रेकमा आसपास खेलेर बित्यो । यद्दपि आसपास खेल्न आउने त अरु साथीहरु पनि थिए ।

मित्रता व्यक्ति-व्यक्ति बिचको पारस्परिक भावनात्मक सम्बन्ध हो । यसको व्याख्या र अध्यन समाजशास्त्र, मानबशास्त्र, मनोविज्ञान र दर्शन समेतमा भएको पाईन्छ। मित्रताका धेरै रुपहरु भए पनि यसभित्र पर्ने तत्वहरुमा धेरै कुराहरु पर्न आउँछन जस्तो: उद्धारता, प्रेम, साहानुभुती, इमान्दारिता, परोपकारिता,  उद्धारणियता, विश्वासिलो, नरमता, सहयोगी, क्षमा दिन सक्ने, र अरुको खुशी र प्रगतिमा रम्न सक्ने । यिनै तत्वहरु बिबाहित जोडिहरुमा पनि भैदियो भने त्यो अझ टिकाउ र अजम्बरी हुन्छ।

कहिलेकाहिं त यसो पनि भन्ने गरिन्छ कि साथी परिवार भन्दा पनि महत्वपुर्ण हुन्छ । “पर्सनल रिलेसनशिप” जोर्नलमा गरिएको एक अध्यन अनुसार साथी ब्याक्तिको खुशी र स्वास्थ्य जीवनको लागि धेरै महत्वपुर्ण हुन्छ भनेर देखाईएको छ। खासगरी जव व्यक्ति बुढ्यौलीपन तिर लाग्दै जान्छ उसले परिवार भन्दा पनि बढी साथीको खोज गर्न थाल्छ । मिचिगन युनिभर्सिटिका मनोविज्ञान विषयका प्राध्यापक विलियम चोपिकले अनुसन्धानको आफ्नो नतिजामा पनि यो कुरालाई उल्लेख गरेका छन्। किन परिवार भन्दा साथी महत्वपुर्ण हुनसक्छ भनेर आमण्डा म्याकमिलनले टाइम पत्रिकामा जुन ७ २०१७ मा लेखेको आफ्नो लेखमा पनि त्यहि कुरालाई जोड दिऎको छ । सम्बन्धको पिरामिडमा साथी बिचको सम्बन्धलाई सबै भन्दा तल र परिवार र बैबाहिक सम्बन्धलाई सबै भन्दा माथि राखिन्छ र त्यो हो पनि।

तर अध्यनले के देखाउँछ भने ब्याक्ति बुढ्यौली पन तिर प्रवेश गर्दै जाँदा उसको स्वास्थ्य जीवन र खुशी मित्रताको गुणत्मकता संग जोडिएको हुन्छ। उ त्यस्तो साथी चाहन्छ जो संग उ गफ गर्न सकोस, मनका कुरा बाड्न सकोस, उ संग भर पर्न सकोस । “दि एटलाण्टिक” पत्रिकामा जुलिया बेकले लेखेको लेखमा पनि यो कुरालाई दर्साइएको छ यद्दपि उनि भन्छिन कि बयस्क अवस्थामा पुगेपछि मित्रताको सम्बन्धमा धेरै परिवर्तन आउँछ र फेरी बुढ्यौली पन तिर लागेपछि यसको अपरिहार्यताको महसुस हुन थाल्छ ।

साँचो मित्रताको महत्व कति हुन्छ भन्ने कुरा न्युओर्क टाइम्समा प्रकासित एन्ड्रु ओ हेगन द्वार लिखित एउटा लेख “रिफ्लेक्सन अन ट्रु फ्रेन्डशिप” मा पनि पाउन सकिन्छ । उनि भन्छन प्रविधिले मित्रताको सम्बन्धलाई सजिलो त बनायो तर  सतही पनि र प्रश्न गर्छन के हाम्रो बालापनको मित्रता एउटा सुनौलो युग थियो? उनि भन्छन “म बाह्र बर्षको हुँदा एउटा साथी थियो मार्क म्याक्डोनाल्ड। उ मेरो हरपलको साथी थियो, मेरो गोप्य तरबार । घरमा जहिले जे हुन्थ्यो उ घरनै उज्ज्यालो बनाउने गरि आइपुग्थ्यो । घाम नझुल्किदै हामि खेतका गराहरु डुल्थिम, सिक्का खोज्न बीचबगर तिर जान्थिम, पाहाड संगै चड्थिम, अनि चिहानको डिलमा बसेर संसार हाक्ने सपना बुन्थिम । तर उ म संग आज छैन सम्झना मात्र छ।” उनि भन्छन मित्रता भनेको एउटा कलात्मक चिज हो जसले तिमीलाई हरेक बसन्त ऋतुमा रापिलो बनाउछ, जब तिमि समस्यामा हुन्छौ, तिमीलाई हजार मान्छे चाहिंदैन मात्र एउटा भए पुग्छ त्यो हो तिम्रो साथी। महमोद अलिको उद्धगारलाई सापटी लिदै भन्छन “मित्रता भनेको त्यति सजिलै व्याख्या गर्न सकिने चिज होइन , न तिमी यो के हो भनेर बिद्यालयमै सिक्छौ तर यदि तिमीले मित्रताको अर्थ बुझेको छैनौ भने तिमीले वास्तबमा केहि सिकेको छैनौ।”

मित्रता व्यक्ति-व्यक्ति बिचको पारस्परिक भावनात्मक सम्बन्ध हो । यसको व्याख्या र अध्यन समाजशास्त्र, मानबशास्त्र, मनोविज्ञान र दर्शन समेतमा भएको पाईन्छ। मित्रताका धेरै रुपहरु भए पनि यसभित्र पर्ने तत्वहरुमा धेरै कुराहरु पर्न आउँछन जस्तो: उद्धारता, प्रेम, साहानुभुती, इमान्दारिता, परोपकारिता,  उद्धारणियता, विश्वासिलो, नरमता, सहयोगी, क्षमा दिन सक्ने, र अरुको खुशी र प्रगतिमा रम्न सक्ने । यिनै तत्वहरु बिबाहित जोडिहरुमा पनि भैदियो भने त्यो अझ टिकाउ र अजम्बरी हुन्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.