केन्द्रीय पुस्तकालय र नथामिएका आँशु

 त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय छिर्न नपाउदै ह्वास्स ढुसीको गन्ध आयो । पहिलोपटक म त्यो पुस्तकालय २००२ सालमा पुगेको थिए, जतिबेला म अंग्रेजी विषयमा स्नातकोत्तर गर्दे थिए । म त्यतिबेला एउटा सोधपत्र लेख्दै थिए ।

यसो हेरे, हतारको बेला आँगनमा थुपारेको धानजस्तो असरल्ल कितावहरु भुँईमा छरपष्ट लडिरहेका थिए र त्यो धुलोमा एक चाँग कितावमाथी अर्को चाँग कितावहरु घुघुती खेल्दै थिए । गाता र पाना च्यातिएका , दोब्रीएका, कहालिलाग्दो र्जर्जर अवस्था थियो । त्यहाँ मैले आफुले खोजेको पुस्तक पाउन असम्भव भएपछि म लागे सोधपत्र संकलन कक्षतिर , त्यहाँ पनि कोही कर्मचारी थिएनन् डेस्कमा ।

यो विचमा म अमेरिका गए, त्यहीँ अध्ययन गरे र अहिले विद्यावारिधी गर्ने क्रममा केही अनुसन्धानका सामाग्री पाईन्छ की भन्ने हिसावले त्यहाँ पुगेको थिए ।

भुँईभरी धुलो ,विद्यार्थीहरुको चहलपहल, जुत्ता र चप्पलको ढ्याप —ढ्याप आवाज , कुनातिर केही कर्मचारी गफिदै थिए । कहाँ र कसरी मैले खोजेको सामाग्री पाउने अन्यौल भएपछि मैले त्यही अगाडी काम गर्दे गरेकी एक महिलालाई सोधे । ‘माथि कोठा नं ५ मा गएर सोध्नुस’ उनले भनिन् । म सिँढीबाट माथी चढे, ‘हरे कति जिर्ण भईसकेछ यो पुस्तकालय’ मैले मनमनै भने ।

जहाँ हे¥यो त्यही धुलो, सिलिङ र भित्ताभरी माकुराको जालो, वरीपरी लडिरहेका र भाँचिएका कुर्ची , धुलोले पुरै ढाकिएका अस्तब्यस्त कितावका खाली ¥याकहरु, चर्किदै गरेको पर्खाल ।

दोस्रो तल्लामा अघि बढे , विद्यार्थीको ठुलो समुह अध्ययन कक्षमा आ—आफनो ठाउँमा बसेर अध्ययन गरीरहेका , कोही पत्र‒पत्रिका पढ्दै, कोही सोधपत्र हेर्दे, कोही नोट गर्दै । गर्मी उत्तिकै ,त्यहाँ कुनै पंखा थिएन, प्राय पसिनाले निथु्रक भिजेका देखिन्थे  ।

त्यसपछी म कोठा नं ५ मा पुगे, त्यहाँ कोही कर्मचरी थिएनन् । धुलोमा पुरिएको कम्प्युटर ठिङग्रिङ थियो । बाहिर निस्के र कोठा नं ६ मा गफिदै गरेका दुई महाशयलाई सोधे ‘खै यता कोही हुनुहुन्न ’, ‘अघिसम्म त तिनजना यतै हुनुहुन्थ्यो ’  उनिहरुले भने । धेरैबेरको कुराईपछी लगभग एक घण्टापछी बल्ल‒बल्ल एक महिला महाशय आइपुग्नुभयो र ठाडो स्वरमा भन्नुभयो ‘कसलाई खोजेको ’  मैले आफनो कुरा राखेपछी उहाँले ‘यहाँ पाईन्न तल जानुस ’ भन्नुभयो । मैले आफुलाई तलैबाट माथि पठाइएको र आफुले कुरेको  एक घण्टा भईसकेको जनाएपछी उहाँले मलाई ईन्टरनेट भएको कोठामा लगेर अर्का महाशयसंग भेटाइदिनुभयो । जसले किताव नं खोज्न सघाउनुभयो ।

तलबाट माथी र माथिबाट तल गर्दे म हैरान भइसकेको थिए । किताव नं लिएर म फेरी तल्लो कोठामा गए, ‘यि किताबहरु मलाई चाहिएको छ , कसरी खोज्नेहोला’ मैले डेस्कमा रहेकी एक महिलालाई सोधे ‘जानुस न यहि भित्र छ ’ उनले हातले देखाउदै भनिन् ।

म गए प्रत्येक ¥याक नियाल्दै , अस्तब्यस्त छन् किताबहरु ¥याकमा , भुँई भरी उत्तिकै छ धुलो र फोहोर , उत्तिकै धुलोले जेलिएका छन् किताबहरु, अधिकाँश कितावका गाताहरु च्यातिएका छन् । मक्काएका छन् पुस्तकका पानाहरु, धमिराले केही पुस्तकका आधा पाटो खाईसकेको छ । मुखमा मास्क र हातमा पन्जा नलगाई त्यो धुलोबाट बचिने कुनै उपाय नै छैन ।

धेरैबेर लगाएर हेर्दापनी पुस्तक फेला नपरेपछी मैले त्यहि काम गर्ने व्यक्तिसंग सहयोगको लागि हात फैलाए, उनले मलाई डो¥याउदै कितावको ¥याकतिर लगे । ‘लौ यतैकतै हेर्नुहोस ’ उनले भने मैले हेरीरहे । ‘कितावमा कुनै नम्बरिङ छैन, कसरी पत्ता लगाउने ’ मैले भने । ‘यतै कतै छ हेर्नुस न , शिर्षक के हो त्यो पनी हेर्नुहोस ’ उनले भने । एउटा कितावको डंगुरतिर देखाउदै, लौ हेर्नुहोस त्यता पनी हुनसक्छ ।

यसो हेरे, हतारको बेला आँगनमा थुपारेको धानजस्तो असरल्ल कितावहरु भुँईमा छरपष्ट लडिरहेका थिए र त्यो धुलोमा एक चाँग कितावमाथी अर्को चाँग कितावहरु घुघुती खेल्दै थिए । गाता र पाना च्यातिएका , दोब्रीएका, कहालिलाग्दो र्जर्जर अवस्था थियो । त्यहाँ मैले आफुले खोजेको पुस्तक पाउन असम्भव भएपछि म लागे सोधपत्र संकलन कक्षतिर , त्यहाँ पनि कोही कर्मचारी थिएनन् डेस्कमा ।

अमेरिकाका पुस्तकालयमा बर्षो विताएको म , जहाँ आफुभित्र पस्दै आफनो शरिरको मैलो नै भुँईमा लाग्ने हो की  भन्ने पिर हुन्छ । प्रत्येक अध्ययन कक्षमा कम्प्युटर इन्टरनेट हरपल हुन्छ, महँगा कार्पेटमाथी महँगा सोफाहरु ठाउँठाउँमा राखेर पुस्तकालयको शोभालाई अझ बढाएका हुन्छन् । कुनै एउटा पुस्तकपनी भुँईमा हुदैनन् । सहि तापक्रममा सहि हिसावले , वैज्ञानिक तरिकाले पुस्तकहरुलाई हिफाजत गरी राखिएको हुन्छ । जुन नम्बर लिएर पुस्तक खोज्न गईन्छ, ठिक त्यही ठाउँमा त्यही पुस्तक तुरुन्त भेटिन्छ, कुनै अपवाद बाहेक । सोधपुछ र सहयोगको लागि मन्द मुस्कान र मिठो बोलीसहित महाशयहरु तुरुन्तै उपलब्ध हुन्छन् । अनुसन्धानका लागि हालसालै प्रकाशित भएका पुस्तकहरु सहजै भेटिन्छन् । तर नेपालकै सबैभन्दा ठुलो केन्द्रीय पुस्तकालय जहाँ मैले घण्टौ लगाउदा पनि खोजेको पुस्तक पाईन, अरु त परै जाओस । त्यसमा पनि हालसालै प्रकाशित भएका पुस्तकको त कुरै छाडौ । म केहिवेर यत्तिकै टहलीरहे ।

केहीबेरपछी उनीहरुलाई कुनाको झयालमा गफिदै गरेको देखे । ‘कसलाई  खोजेको’  फेरी ठाडो प्रश्न प्रहार भयो ।  ‘मलाई मेरो १६  वर्षअघि लेखेको सोधपत्र हेर्नुथियो, यो हो कल नम्बर मैले नम्बर देखाउदै भने । तपाई लाइव्रेरी सदस्य हो ? उनीहरुले सोधे, हैन मैले भने ।

पहिला लाइव्रेरी कार्ड बनाएर आएपछी मात्र हेर्न पाउने कुरा उनीहरुले गरे तर आफुले यहि एकछिन हेर्न चाहेको र पुस्तकालयको अस्तव्यस्त देखेपछी आफनो आँखाबाट झण्डै आँशु आएको भनेपछी भावुक भएछन् कि क्या  हो, ल ल यहि बस्नुस भनेर मलाई त्यही बस्न भने । म बसे, मेरै छेउमा अन्य विद्यार्थीहरु पढिरहेका थिए । लाईव्रेरी प्रवेश गर्ने वित्तिकै सुरु भएको धुलोले मलाई म बसेको कुर्चिमै पनि छाडेन, यसो हेरे अघि कति बेला मेरो प्यान्ट धुलाम्मे भईसकेछ ।

अगाडी टेवुल देखे त्यहाँ माथी लेखिएको थियो, “पुस्तकालय एउटा मन्दिर हो , जसलाई सधै पवित्र राखौ ” । केही बेरमै ति महाशयले मलाई मेरो सोधपत्र टक्राए । मैले त्यो सोधपत्रलाई आफनो हातमा लिए र केहिबेर सुम्सुमाए, स्राहै मिठो आनन्द आयो । मैले त्यो पुस्तकालयको धुलो, धमिरा, अस्तव्यस्तता र जीर्ण हुदै गएको अवस्थालाई एकछिन चटक्कै भुले । मेरा आँखा रसाए । ‘मेरो पुस्तकालय ’ मनमनै साउती मारे ।

अमेरिकाका पुस्तकालयमा बर्षो विताएको म , जहाँ आफुभित्र पस्दै आफनो शरिरको मैलो नै भुँईमा लाग्ने हो की  भन्ने पिर हुन्छ । प्रत्येक अध्ययन कक्षमा कम्प्युटर इन्टरनेट हरपल हुन्छ, महँगा कार्पेटमाथी महँगा सोफाहरु ठाउँठाउँमा राखेर पुस्तकालयको शोभालाई अझ बढाएका हुन्छन् । कुनै एउटा पुस्तकपनी भुँईमा हुदैनन् । सहि तापक्रममा सहि हिसावले , वैज्ञानिक तरिकाले पुस्तकहरुलाई हिफाजत गरी राखिएको हुन्छ । जुन नम्बर लिएर पुस्तक खोज्न गईन्छ, ठिक त्यही ठाउँमा त्यही पुस्तक तुरुन्त भेटिन्छ, कुनै अपवाद बाहेक । सोधपुछ र सहयोगको लागि मन्द मुस्कान र मिठो बोलीसहित महाशयहरु तुरुन्तै उपलब्ध हुन्छन् । अनुसन्धानका लागि हालसालै प्रकाशित भएका पुस्तकहरु सहजै भेटिन्छन् । तर नेपालकै सबैभन्दा ठुलो केन्द्रीय पुस्तकालय जहाँ मैले घण्टौ लगाउदा पनि खोजेको पुस्तक पाईन, अरु त परै जाओस । त्यसमा पनि हालसालै प्रकाशित भएका पुस्तकको त कुरै छाडौ । म केहिवेर यत्तिकै टहलीरहे । टहलिदा‒टहलिदै माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीको एक समुह गुरुहरुसंग त्यही पुस्तकालयको भ्रमणमा आए । ‘यही हो नेपालको सबैभन्दा ठुलो केन्द्रीय पुस्तकालय’ गुरुहरुले आफना विद्यार्थीलाई बताउदै थिए ।

त्यहाँ गर्व गर्न लायक केहि थिएन । मलाई पुस्तकालय प्रमुखसंग भेटेर अव्यवस्थित लाइव्रेरीको बारेमा भन्न मन लाग्यो तर उनि रिटायर्ड भइसकेका रहेछन् । त्यसको विकल्पमा एक सहायकलाई भेटे र आफु पुस्तकालय देखेर भावविह्वल भएको कुरा बताए ।

‘हो तपाईका कुरा सही हुन’ उनले भने ।

तल झरे, अघि माथी र तल गराउनमा मज्जा लिएका कर्मचारीलाई त्यही कुरा गरे । केही कर्मचारी मुख छोपी कुनातिर बसेर खित्खित हाँसेको देखे । यद्यपी मेरो भावनाको खिसि गरेपनि मलाई मेरो जिम्मेवारी निभाएको अनुभव भयो । जति आनन्द मलाई त्यस पुस्तकालयमा बसेर आफुले १६ वर्ष अगाडि लेखेको सोधपत्र समाउदा भयो, त्यत्ति नै असह्य पिडा त्यस पुस्तकालयको जिर्ण अवस्था देखेर भयो ।

यही बेला मलाई एक अर्जेन्टियन  लेखक तथा कवि लुइस ब्रोगाइसको एउटा भनाई याद आयो कि ‘म जहिले यो कल्पना गर्छु कि स्वर्ग एउटा पुस्तकालय हुनेछ’ । यो भनाइले पुस्तकालयको महत्व कति हुन्छ भन्ने त प्रष्ट्याउँछ नै त्यो भन्दा बढि त्यसले दिने स्वर्गीय आनन्द कति हुने रहेछ भनेर देखाउँछ ।

नेपालकै सवैभन्दा ठुलो केन्द्रीय पुस्तकालय जहाँ हजारौँ विद्यार्थीहरु ज्ञान आर्जन र अनुसन्धान गर्न उपस्थित हुन्छन् त्यस्तो ठाउँ , त्यत्ति जिर्ण हुदै गएको देखेर मेरा आँखाका आँशु थामिएनन् । आँखाका डिल भत्काएर आएका आँशु पुछी म लाईव्रेरीबाट बाहिरिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.