मेरि जुत्ता हे जापानी !

साँझ साथीसँग बसेर कहिलेकाही सामाजिक रुपमा पिउदा पिउदै म टोलाउँछु र सम्झिन्छु म अमेरिकामा छु । यो संसार अब एउटै भइसक्यो । न तेरो देश न मेरो देश ,म जहाँ छु त्यहिँ मेरो देश । त्यहीका खोला, नदी, पहाड, हिमाल ,ढुङ्गा र माटो, म हिड्ने बाटो त्यो नै मेरो हो र म जहाँ जान्छु र जे बोल्छु त्यो नै मेरो भाषा । जे लाउछु त्यो नै मेरो भेष, जे खान्छु त्यो नै मेरो भोज । मलाई किन म जन्मेको देशको चिन्ता ?

‘चिल्लो र फराकिला बाटा, सुविधासम्पन्न शहर, महँगो कार र आरामदायी जीवन । यो सब म कहाँ पाउँछु र नेपाल बाट ?’ एक मनले सोच्न थाल्छु ।

“सपनाको शहरमा छस यार कति टोलाएको ?” साथीहरु मलाई म अमेरिकामा भएको स्मरण गराउँछन् । हो, म सपनाको देशमा छु, सपनाको देशमा भइरहँदा केहि कुराको पनि अभाव नहुनु पर्ने हो तर पनि किन केहि नपुगेजस्तो लाग्छ, केहि त पक्कै गुमाएझै लाग्छ । अनि बहकिन थाल्छु प्रश्नै प्रश्नले बेरिएर । किन मलाई म जहाँ छु त्यहाँ केहि नपुगे जस्तो हुन्छ ? किन म हिड्ने बाटो र मैले टेक्ने माटो उस्तै लाग्दैन ? किन सबै खोला, नदी, पहाड, हिमालबाट त्यही पानी बग्दैन? किन मेरी आमाको काखमा सिकेको बोली नबोलुन्जेल चित्तै बुझ्दैन ? किन दाल, भात तरकारी र अचार खाएपछि मात्र पहरा फोर्ने हिम्मत आँउछ ? किन मेरो शरिरको रक्तसंचारमा कुद्छ मेरो गाउँको खोलो ? किन गोरेटोहरुले खोज्छन मेरा पैताला ? । म कल्पिन थाल्छु विदेशमा एउटा जीवन जसको कुनै ठोस परिचय छैन । स्वतन्त्रताको देशमा पनि म आफुँलाई स्वतन्त्र नभएजस्तो पाउन थाल्छु । मैले खाने जागिर भन्दा, मैले कुदाउने कार भन्दा, मेरो वालेटको पैसा भन्दा आफ्नै देशमा गएर नाँच्न गाउन पाउनु ठुलो कुरा लाग्छ मलाई ।

आफु जन्मेको भूगोल छोडेर हिँडेको मान्छे सायद स्वर्गलोकबाट मृत्युलोकमा खसे जस्तो, या सबै थोक भएर पनि केहि नभएजस्तो, या एउटा जोकर जस्तो जसको लाउने लुगा एउटा हुन्छ, टेक्ने धर्ति अर्को हुन्छ, बोल्ने भाषा अर्को हुन्छ तर मन भने आँफु जन्मेकै भूगोल तिरै हुन्छ र उ खुसि छु भनेर हाँस्छ तर उसको हृदयमा उ खुसि हुदैन सायद । यसले के देखाउँछ भने सबै भन्दा महत्वपूर्ण त आँफु जन्मेकै भूगोल हुँदोरहेछ।

एउटा गितको याद आउछ । दुई करोड भन्दा बढीले युट्युबमा हेरेको चलचित्र श्री ४२० को गित जसमा अभिनय गर्दै राज कपुरले भनेका छन् “मेरा जुत्ता हे जापानी, ये पतलुन इन्ग्लिश्तानी, सिर पे लाल टोपी रुस्सी, फिर भी दिल हिन्दुस्तानी”। सायद शिरदेखी पाउसम्म लगाउने हरेक कुरा ठुला ठुला देशको ब्राण्डेड भएतापनि मन त हिन्दुस्तानी नै हो भनेर गितकार शैलेन्द्रले यो गितमा उजागर गर्न खोजेका हुँदा हुन् । यहाँ झल्किन्छ स्वदेश प्रेम ।

पछि यो गितले संसारको विभिन्न साहित्यमा पनि प्रवेश पाएको थियो । ब्रिटिश(भारतीय उपन्यासकार सलमान रुश्दीको “स्याटानिक भर्सेज” मा गेब्रिल फरिश्ता नाम गरेका एक पात्र धर्तीमा झर्दा उनले गाएको गित पनि यहि थियो । त्यसै गरि अर्का भारतीय लेखक अलान सिली ले आफनो गैर आख्यान कृति “ट्रोटर नामा”मा उल्लेखित हिन्दु(मुस्लिम झडपको अन्त्यतिर केहि बच्चाहरुले गाएको गीत पनि यहि थियो । गित प्रयोगमा आउनुको एउटै आशय थियो,जुन व्यक्ति परिचयको प्रश्नसँग जोडिएको थियो म को हो ? मेरो परिचय के हो ? म कहाँ आफुँलाई पाउँछु ? मेरो समुदाय कुन हो ? म कहाँ खुशी छु ? संसारको जुनसुकै ठाउँमा बसेको मान्छेको मस्तिष्कमा चेतन वा अवचेतन रुपमा प्रत्यक्ष वा परोक्ष रुपमा यो प्रश्नहरु जन्मिरहेका हुन्छन् ।

आफु जन्मेको भूगोल छोडेर हिँडेको मान्छे सायद स्वर्गलोकबाट मृत्युलोकमा खसे जस्तो, या सबै थोक भएर पनि केहि नभएजस्तो, या एउटा जोकर जस्तो जसको लाउने लुगा एउटा हुन्छ, टेक्ने धर्ति अर्को हुन्छ, बोल्ने भाषा अर्को हुन्छ तर मन भने आँफु जन्मेकै भूगोल तिरै हुन्छ र उ खुसि छु भनेर हाँस्छ तर उसको हृदयमा उ खुसि हुदैन सायद । यसले के देखाउँछ भने सबै भन्दा महत्वपूर्ण त आँफु जन्मेकै भूगोल हुँदोरहेछ।

लागिरह्यो कहिले सम्म म यो गित गाइराखुँ “मेरा जुत्ता हे जापानी, ये पतलुन इन्ग्लिश्तानी, सिर पे लाल टोपी रुस्सी, फिर भी दिल हिन्दुस्तानी” । कहिले सम्म टोलाईरहुँ ? मैले मेरो भूगोल मन पराउनु भनेको अति राष्ट्रबाद होइन, न म बसेको बिदेसीभुमि प्रतिको घृणा नै हो । म जन्मेको भूगोलको चाहाना राख्नु भनेको त्यो माटो , त्यहाँका जनताको सम्मान हो । आफु जन्मेको भूगोलमा रम्नु भनेको युद्द जित्नु सरह हो । अन्त्यमा, मेरो पहिचान नै यहि हो ।

Advertisements

One comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.