मदानी र मोही

खुल्ला आकासमुनिको जूनले बिछ्याउँछ
मेरो अघि उज्यालो गलैचा
र मलाई स्वागत गर्छ
मेरो आफ्नै देशमा,
जव म विदेशबाट आफ्नो देश फर्किन्छु ।

सम्झनाले सताईरहन्छ एकहोरो बिदेशमा
त्यो गाउँको पाखो, ति गाई र बाख्रा, ति बुढी आमा,
त्यो बुढो बकैनाको रुख,
मेरी आमाले मदानीले पारेको मोही,
र उनले मेरो गालामा खाएको मोई ।

अब त म विदेश जान्न ।
आफ्नै देशमा बसेर केहि गर्छु ।
मलाई मात्र चाहिएको छ
बिहान पूर्व बाट उदाउने घामको माया
जुन हरेक दिन त्यो त्यहि बकैनाको रुखको
दुई तिर फाटेर गएको हाँगाबीचबाट उदाईरहनछ।
मलाई मात्र चाहिएको छ मेरी श्रीमतीको प्रेमिल आँखा
मेरी छोरीको न्यानो मुस्कान
मेरी आमाको हरेक बिहानको प्रसाद
मेरा बाको रामायणको श्लोकका दुई हरफ ।

यति पाएँ भने
मेरो जीवन जीवन हुनेछ ।
परिवार, परिवार हुनेछ ।
म हुनुको म हुनेछ ।
म, श्रीमती, छोरी, आमा र बुवा हुनेछ ।
एउटा ब्रमाण्ड हुनेछ ।
ब्रम्हा, बिष्णु, महेस हुनेछ ।
सरस्वती, लक्ष्मी, देबी हुनेछ ।

बिदेशमा आकाश छुने महल छ,रातभरि बल्छ झलमल बत्ति
तर खुल्ला आकाश मुनि देखिने जून र ताराको उज्यालो छैन,
जुन मेरो देशको आकाशमा टिल्पिलाईरहन्छ मेरै वरिपरि रातभरि
मोटर र कारखानाको आवाज छ विदेशमा
तर आमाको खनखन बज्ने चुरा छैन
टाई र सुटमा ठाटीएर हिड्ने मान्छेहरु छन्
तर मलाई बुझ्न सक्ने मनहरु छैनन्
बर्गर र पिज्जाहरु छन्
तर आफ्नै बारीमा फलेको मेथीको साग र टिमुरको अचार छैन ।
भैइगयो भने पनि, त्यहाँ माटोको वासना छैन ।

मलाई मज्जाले मात्न मन छ आफ्नै गाउँमा गाईको मोही पिएर
र बाहिर आँगनमा बाँसको कप्टेराले मेरा बाले आँपको बोट आडैमा
बनाएको खाटमा गुन्द्री ओछ्याएर, उपर खुट्टी लाएर
नजिकै टाट्नामा त्यहि बकाईनाको घाँस खादै गरेका
रहरलाग्दा बाख्राहरु हेर्न मन छ ,
छेउमा कालो कुकुर आफ्नो पुच्छर लुकाउदै हिड्दै गर्दा ,
आफ्ना चल्लालाई लिएर पोथी कुखुरो चर्दै गर्दा
मलाई मेरै श्रीमती र आमाले बनाएको,
साँदेको गुन्द्रुकको अचार खान मन छ ।

बिदेशमा त भ्रम छ,
भमरा छैन मेरो पाखोमा डुल्ने
बिदेशमा सागर छ
पानी छैन हाम्रो गाउँको कुलोमा बग्ने
मलाई आफ्नै गाउँको टुवेल पेलेर
चिसो पानि निकालेर
टन्टलापुर घाममा म खलखली भएको बेला
ठाडो घाँटी लाएर एक लिटर आँम्खोराको पानी
हरेक दिन तनतन पार्न मन छ ।
आफ्नै हातले गाई दुदै
त्यहि दुतको काँचो वासना लिदै
दाउराको आगोमा उमालेर
एक गिलास दुध हरेक दिन पिउन मन छ ।

मलाई कति पनि मन छैन
बिदेशी बालुवामा मेरो पसिना खन्याउन ।
बिदेशी माटोमा जोतिन ।
म आफ्नै माटोमा मुछिन चाहन्छु
गाई पाल्छु, गहिरी खेत जोत्छु
मल छर्छु, मलिलो बनाउछु
म स्वयं गोबर गनाउँछु र फलाउँछु
सपनाका सुनौला बालीहरु
हृदयभरी खुशीका फूलहरु ।
त्यो भन्दा ठुलो के हुन् सक्छ मेरो लागि
मेरो खुसीको लागि, मेरो माटोको लागि?
मेरा परिवार र सन्ततिका लागि ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.