गाउँमा पुराण: गुन्द्रुक भन्दा नि अमिलो रसिद

  • परदेशी कलम


पदमप्रसाद भट्टराई, झापा   हाल कतार

“गाउँमा पुराण लाग्दैछ रे, मन्दिर र बृद्धाश्रम बनाउने अरे,” दैनिकी उही खाडीको चिल्ला सडकहरुमा उज्यालो खस्न नपाउदै शुरु हुने र पश्चिममा सुर्य अस्त पश्चात् मात्र अन्त्य हुने ड्युटीकै क्रममा एक नेपाली मित्रले म संग दुखेसो पोखे अलिकति फुर्सदको समयमा।

 “ठिकै छ त यो त राम्रै कुरा हो त”, मैले थपे।

 तर मित्रको अनुहार मेरो कथनलाई स्वीकार्न सहमत थिएन।

” गाउँबाट पुराणका लागि, मन्दिर र अाश्रम निर्माणका लागि पैसाको माग भएको छ त्यो पनि रेट तोकेर साथमा बोनस स्वरुप ‘सहयोग रसिदको एक ठेली’ समेत अाएको छ म जस्तै ‘पैसावाल र पैसाको रुखमा  काम गर्ने साथीहरू’ का लागि पैसा संकलन गरि पठाउनका निम्ति,” उनी भन्दैथिए | एकै श्वासमा यति भन्न भ्याएका उनी पानी पिउने अवस्थामा पुगिसकेका थिए। छेउमा रहेको पानीको बोतल मैले उनलाई दिए। अाधा बोतल खाली भईसके पश्चात् फेरि भन्न थाले, “दुईचार भए त ठिकै हो दुईचार महिना कै तलब मागेका छन्, अझ साथीहरूसंग मागेर पठाउनु भन्ने माथिको अादेश पनि।


गाउँबाट गुन्द्रुकको ठाउँमा, ” तोकिएको रकम मागपत्र, सहयोग रसिदको ठेली ” हातपर्दा मन गुन्द्रुक भन्दा नि अमिलो भईदिन्छ।


                बोतलमा अाधा पानी बाँकी नै थियोे। अब पानी पिउनु पर्ने अवस्था मेरो थियो, म नाजवाफ भईसकेको थिए। साथीहरू मबाट सही सल्लाह सुझाव र समस्या समाधानका उपायहरुको अपेक्षा गर्थे त्यही क्रममा उल्लेखित दुखेसो म सामु मित्रले राखेका थिए। तत्काल मैले मित्रलाई केही सल्लाह दिनसक्ने अवस्थामा म थिईन, “हो र” भनेर दुवै अाफ्नो अाफ्नो काममा लाग्यौं तर मेरो मन घोत्लिन थालिसकेको थियोे।

“पैसावाल र पैसाको रुखमा काम गर्नेहरु,” “रुखमा फलेका पैसा टिप्नेहरु” जसरी सोच्नेहरु, ठान्नेहरुलाई के थाहा, ” कपाल दुख्ने गर्मी र  मुटु कमाउने जाडो ” मा उज्यालो नखस्दै अनि अध्यारो झरिसकेपछिको समय काम गरेर, सुत्न पाएको समयमा पनि उडुसको पालनपोषण गरेर ” टिपेको पैसा ” ले ब्यक्तिगत, पारिवारिक अनि सामाजिक खर्च धान्न समेत मुश्किल पर्छ जुन भोग्न जति सजिलो छ बुझाउन झनै गाह्रो छ गाउँका अभाव अपेक्षा र अाशाहरुलाई। गाउँबाट गुन्द्रुकको ठाउँमा, ” तोकिएको रकम मागपत्र, सहयोग रसिदको ठेली ” हातपर्दा मन गुन्द्रुक भन्दा नि अमिलो भईदिन्छ।


पैसाको रुख

एक किसिमले निश्चित उद्धेश्य हासिल गर्नका निम्ति (बिद्यालय, कलेज स्वास्थ्यचाैकी, मन्दिर लगायत) अावश्यक  अार्थिक संकलन गर्न अायोजना गरिने पुराणहरुबाट पैसा संकलन गरि काम गर्नु एकदमै अनुचित त होइन तर यसलाई पनि निश्चित सीमा र बिधान भित्र राख्नुपर्ने देखिन्छ। एक त राज्य वा सम्बन्धित निकायले गर्नुपर्ने (बिद्यालय भवन  बनाउने कार्य स्थानीय निकाय वा शैक्षिक निकायले गर्नुपर्ने जस्ता) काम नागरिक तहबाट पुराण लगाएर नै गर्ने हो भने सम्बन्धित निकायले के गर्ने ? राज्यलाई नै जिम्मेवार बनाउनुको सट्टामा गर्दैन भनेर अाफुअाफु  मिलेर नै गर्दै जाने हो भने राज्यले गरेन भनेर चर्का गीत गाउनु बेकार छ।


             लाग्थ्यो ‘ पुराण ‘ त धार्मिक अनुस्ठान हो, वैदिक कर्म अनि ज्ञानको प्रचार गर्ने थलो पनि। मेरो बुझाईको पुराण र गाउँ शहरमा हुदै गरेका पुराणमा धेरै फरक भईसकेछ। हिन्दु धर्मसंग सम्बन्धित पुराणमा सृष्टि, प्राचीन ऋषिमुनि राजाहरुका कर्मगाथा, विभिन्न देवीदेवतालाई केन्द्र मानेर धर्मकर्म, पापपुण्य, स्वर्गनर्क, जन्ममृत्यु , जीवनजगत, नैतिकता, अनुशासन, तथा बिधिबिधानका कुराहरु उल्लेख छन। अठार पुराण मध्ये केहीमा त सृष्टिको शुरुआत देखि अन्त्य सम्मका कुराहरु समेत भेटिन्छन्। यसका अतिरिक्त पुराण त धेरै परिमार्जित हुदै गएछ जसको प्रभाव प्रत्यक्ष अप्रत्यक्ष रुपमा खाडी मुलुकका खाल्डाहरुसम्म पनि पुगेको पाईन्छ। पुराणमा सकेको स्वच्छिक दानभेटी, फुलपाती लिएर जाने, कथाहरु एकाग्र भक्तिभावले सुन्ने हो भने नै ठूलो धर्म मिल्छ, पुण्य कमाईन्छ भन्ने मान्यता अब पुरानो भईसकेछ। अब त पुराण सुन्नु नपर्ने, पुराणमा जानु नपर्ने भएछ। सजिलो छ, तोकिएको रकम (जग्गाजमिन, अन्न, द्रव्य, सुनचाँदी अादी समेत) बुझाए भयो, पठाईदिए भयो। मित्रको  अाशय यही थियोे भने मेरो निष्कर्ष पनि।

             एक किसिमले निश्चित उद्धेश्य हासिल गर्नका निम्ति (बिद्यालय, कलेज स्वास्थ्यचाैकी, मन्दिर लगायत) अावश्यक  अार्थिक संकलन गर्न अायोजना गरिने पुराणहरुबाट पैसा संकलन गरि काम गर्नु एकदमै अनुचित त होइन तर यसलाई पनि निश्चित सीमा र बिधान भित्र राख्नुपर्ने देखिन्छ। एक त राज्य वा सम्बन्धित निकायले गर्नुपर्ने (बिद्यालय भवन  बनाउने कार्य स्थानीय निकाय वा शैक्षिक निकायले गर्नुपर्ने जस्ता) काम नागरिक तहबाट पुराण लगाएर नै गर्ने हो भने सम्बन्धित निकायले के गर्ने ? राज्यलाई नै जिम्मेवार बनाउनुको सट्टामा गर्दैन भनेर अाफुअाफु  मिलेर नै गर्दै जाने हो भने राज्यले गरेन भनेर चर्का गीत गाउनु बेकार छ। जसले जे काम गर्नुपर्ने हो त्यो काम उसैले गर्नुपर्छ भनेर दबाव दिने, नपुगेको अार्थिक सहयोग गर्ने, भाैतिक र नैतिक समर्थन गर्दै उक्त काममा अाफ्नो सीप र दक्षता सहित सहभागी हुने ठाउँ त बाँकी नै रहन्छ। हुनेले नहुनेलाई सहयोग गर्नु नै पर्छ, यो नै पुर्वीय दर्शनको मुलमर्म पनि हो अनि मात्र समाज र मुलुक उन्नति पथमा लम्कन्छ। अाफु अनुकूलका संघसंस्था, पार्टी, पुराणहरुमा लाखाै करोडौं सहयोग गर्न पछि नपर्नेहरुले अाफुले राज्यलाई तिर्नुपर्ने करहरु मात्रै ईमानदारीका साथ तिर्ने अनि राज्यले पनि प्राप्त करहरु सहीढंगले सदुपयोग गर्ने हो भने गाउँ गाउँमा बिद्यालय, स्वास्थ्य चाैकी भवन बनाउनका लागि पुराणको नाममा खाडी मुलुक सम्म तोकरै पैसा मागिरहनु पर्दैन, गुन्द्रुकको ठाउँमा ” सहयोग रसिदका ठेली ” पठाईरहनु पर्दैन | साथै पुराणले पनि अाफ्नो महिमा र महत्त्व गुमाउनु पर्ने थिएन।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.