“बाबा कहिले आउने,भोलि आउनु ल”

पदमप्रसाद भट्टराई, झापा   हाल कतार

  हास्य टेलिश्रङ्खला “मेरी बास्सै” मा धुर्मुसले भन्ने गरेको “हस्” र मेरी पाँच बर्षीय छोरीले टेलिफोनमा भन्ने गरेको “हस्” को फरकपना  खोज्दैछु। धुर्मुस बावुको अाज्ञापालना ततक्षणका निम्ति टर्रोगरी हस भनेर गर्छन् भने सानीछोरी मिठासयुक्त अावाज सहित हस भन्छिन्। परदेशी भूमिमा बिहानीको शुरुवात छोरीको अावाज सुन्दै र ” यस्तो गर नानी उस्तो गर नानी ” को जवाफमा “हस बाबा” भन्ने अावाज कानमा गुञ्जदा मेरो पुरा दिन सहज र शुभ भएको मैले अनुभव गरेको छु। सँगै बसेर तातातुतुको अात्मीय अावाज मैले सुन्न नपाउँदा , मेरो अाडभरोसा र मायाको प्रत्यक्ष अनुभुति गर्न उनले नपाउदा पनि हामी वीचको माया र भरोसा बिचलित भएको छैन। टेलिफोन र श्रव्यदृष्य संवाद बाट नै हामी नजिक छाै, एकले अर्कोलाई बुझेका छाै।

               सानी छोरीले “बाबा कहिले अाउने, भोलि अाउनु ल” भन्दैगर्दा नाजवाफ हुनुपर्छ, कुनै सटिक र किताबी जवाफ हुन्न मसंग। थाहा छ उसैको निम्ति उसलाई नै निको नहुने गरि चोट दिंदैछु, छल गर्दैछु,कपटी भएको छु, अनि लाग्छ, म साँच्चिकै स्वार्थी भएको छु। यस्तो लाग्छ, जति मीठा छन् “छोरीका कुरा” त्यति नै मार्मिक छन् अझ त्योभन्दा बढी गहन र गहिरा छन्। म त्यही गहिराई नाप्दैछु बाध्यता र नियतिको इन्ची टेपले नापिरहेछु, नापिरहेछु।

                  “ममि मसंग छ, म दिन्छु।”  दशैंमा मावलबाट फर्कदा बसमा कन्डक्टरले भाडा माग्ने क्रममा सानीछोरीको यो जवाफले जिम्मेवारीको भारी बोक्ने अवोध बालप्रयासलाई कसरी ग्रहण गर्ने, के भन्ने, स्वयं नाजवाफ भएको छु। बालमनोबिज्ञानले यसलाई कसरी हेर्छ तर मैले भने माया र जिम्मेवारीको बलियो उपस्थिति र “मैलेपनि गर्नसक्छु।” भन्ने अात्मबिस्वासको शुरुआत ठानेको छु। जानेर हो या नजानेर बच्चाहरूलाई तिमीहरू साना छाै, गर्न सक्दाैन, तिमीहरूले गर्नु हुदैन भनेर छेक्ने, अगाडि बढन निरुत्साहित गर्ने हाम्रो चलिअाएको मान्यता बिरुद्धको बाल उदघोष पनि हो यो। अबको दिनमा जिम्मेवार नागरिक तयार गर्ने हो भने बच्चाहरुलाई “तिमीहरू पनि धेरै गर्न सक्छौ” भनेर उनीहरुमा उत्साह भर्न जरुरी छ , अनि मात्रै सभ्य समाज निर्माण गर्न सहज हुनेछ। अर्को प्रसंग, चालु शैक्षिक सत्र शुरुवातमा दुवै छोरीहरुको लागि नयाँ किताब घरमा भित्रियो। ठूलीको लागि धेरै सानीको  लागि थोरै थियोे अाअाफ्नो कक्षाअनुसार, सानीको प्रतिक्रिया थियोे,” म पनि दिदीको जस्तै धेरै किताब पढछु।” कति गहन बिचार थियोे। एउटा त म कमजोर छैन है, म पनि धेरै पढ्न सक्छु भन्ने  अात्मबिस्वासको अंकुरण प्रस्फुटन भएको थियो भने अर्को ठूलो र सानो वीचमा गरिने र थाहै नपाई हुने भेदभाव बिरुद्धको कोमल खबरदारी थियो। मनन गर्नुपर्ने कुरा उहीँ हो, बच्चाहरु हिड्ने गोरेटो काँढायुक्त नै हुनुपर्छ, हामीले दिने भनेको हिम्मत, शाहस र अात्मबिस्वास मात्रै हो, बाँकी अाफैं छिचोल्छन, पन्छाउछन, अनि अगाडि बढछन्।

बर्तमानमा अधिकांश बच्चाहरू बाबू या अामाबाट टाढा भएका छन् । नियति र बाध्यताले बिदेशिएका बाबू या अामाहरु अाफ्ना बच्चाको भविष्यको निम्ति त्यही बच्चाबाट टाढिएका छन् जसको भरिपुरण न पैसाले हुन्छ न त पैसाले किनिएको भाैतिक सुख सुबिधाले नै! कलिला मन मस्तिष्कमा भरिएको बाबु या अामाको माया, न्यानोपन, अाडभरोसाको भोक खाडी लगायतका युरोप अमेरिकी मुलुकबाट पठाईएको रेमिटेन्सले कहिल्यै पनि मेटने छैन। 

               टेलिफोन तथा दृश्य सम्वादमा प्रायःजसो छोरीहरूसंग सन्चो बिसन्चो, खानापिना लगायत बिद्यालयका गतिविधिको बारेमा कुरा भईरहन्छ्।खासगरी बिद्यालयमा गाईने रास्ट्रिय गान “सयौं थुङ्गा…” त्यो कोमल अावाजमा सु्न्न पाउँदा देशभक्तिले त्यो बालमस्तिस्कमा बास गरेको महसुुस हुन्छ अनि भोलिको असल नागरिक बन्ने यात्रा शुरु भए झैं लाग्छ। बच्चालाई सानै बाट “जननी जन्म भूमिश्र्च स्वर्गद्वपी गरियसी” को बोध गराउन सकियो भने, देशभक्ति र नैतिकताको पाठ पढाउन थालियो भने अागामि दिनमा असल, अनुशासित र नैतिकवान चरित्रका नागरिकको कमि हुनेछैन। असल, अनुशासित र नैतिकवान नागरिक बाट मात्रै यो मुलुकले गति लिनसक्छ अन्यथा यसैगरी मुलुक बर्बादी तर्फ जाने निश्चित छ।

               बर्तमानमा अधिकांश बच्चाहरू बाबू या अामाबाट टाढा भएका छन् । नियति र बाध्यताले बिदेशिएका बाबू या अामाहरु अाफ्ना बच्चाको भविष्यको निम्ति त्यही बच्चाबाट टाढिएका छन् जसको भरिपुरण न पैसाले हुन्छ न त पैसाले किनिएको भाैतिक सुख सुबिधाले नै! कलिला मन मस्तिष्कमा भरिएको बाबु या अामाको माया, न्यानोपन, अाडभरोसाको भोक खाडी लगायतका युरोप अमेरिकी मुलुकबाट पठाईएको रेमिटेन्सले कहिल्यै पनि मेटने छैन। 

               सानी छोरीले “बाबा कहिले अाउने, भोलि अाउनु ल” भन्दैगर्दा नाजवाफ हुनुपर्छ, कुनै सटिक र किताबी जवाफ हुन्न मसंग। थाहा छ उसैको निम्ति उसलाई नै निको नहुने गरि चोट दिंदैछु, छल गर्दैछु,कपटी भएको छु, अनि लाग्छ, म साँच्चिकै स्वार्थी भएको छु। यस्तो लाग्छ, जति मीठा छन् “छोरीका कुरा” त्यति नै मार्मिक छन् अझ त्योभन्दा बढी गहन र गहिरा छन्। म त्यही गहिराई नाप्दैछु बाध्यता र नियतिको इन्ची टेपले नापिरहेछु, नापिरहेछु।

                                 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.