मार्सिका-मतियारहरु

मार्सिका मतियारहरुको मति भ्रस्ट भएपछि
एउटा शन्तको अवसान फगत अनसनमै
हुन्छ अब हेर्दै गर !
झुस खुवाएर एक पटक होइन, कयौ पटक झुक्क्याए,
बोलि भएका, बोलिका पक्का नभएका
कालो धनका ठेकेदारहरु सपनाको बिस्कुन सुकाउछन
बीच सडकमा ।
पुरै सडक गनाउछ सुकाइएका सिद्द्रा माछाझैँ ।
तिनले सपना बाँड्दा पनि अब त
टट्टि गन्हाउछ ।
सपनाको खेतिमा राजनिती गर्ने मसियाहरु
आफै सत्तामा पुगेपछि यति लम्पट बन्न सक्छन,
म कसरि कल्पना गरौ?
कसरि बस्न सक्छौ कुर्शीमा
मृत्युको मुखमा पुग्न लागेका डा केसीलाई टुलुटुलु हेरेर?
मृत्यु भन्दा बलियो हुँदोरहेछ तिम्रो शक्ति मोह
विस्मय लाग्छ मलाई,
हाम्रो अभिसप्त नियति देखेर
राजनीतिको रतेउलि हेरेर !
Advertisements