मेरो लाटे म कहाँ पिउ?

यो लेख लेखिरहँदा म -अमेरिकाको न्यु हेम्सोर भन्ने ठाँउमा रहेको एउटा सुन्दर रेस्टुरेन्टको तेस्रो तलामा बसेर लाटे कफी पिउँदै हिऊँले पुरिएका पहाडहरुमा स्थानियबासी र पर्यटकहरुले खेलेको हिऊँ चिप्ली अर्थात् अंग्रेजीमा “स्कींग” को मनोरोम दृश्य अवलोकन गरिरहेछु । मन मेरो अहिले त्यसै फुरुङ्ग भएको छ । चिसो बतासको सिरेटोले गरेको मेरो गालासँगको स्पर्शले मलाई अतिरञ्जित बनाएको छ । नोस्टाल्जिक बनाएको छ । भाव विह्वल बनाएको छ ।

बिहानै छ । भर्खरै सुर्य उदाएको छ । छितिज सुनौलो देखिन्छ पाकेको धानको बाला जस्तै । मेरो छेउमा एउटा अगेनु छ, बल्दै गरेको, रातो, मेरी प्रियसीले लाउने गरेको लिप्स्टिक जस्तै । किन किन मन खुसि छैन । सुबिधा छ, चाहनाहरु तृप्त छन् । आखिर यिनै हैनन् र जीवनलाई सुखी बनाउने आधारमेरो लाटे सेलाइसक्छ, म सोचिरहन्छु…..ssss मलाई बोध हुन्छ एउटै मात्र कारण म नेपालमा छैन । यद्यपि नेपाल मेरो मुटुमा छ । यसरी मुटुमा नेपाल राखेर विदेशिने नेपालीहरु धेरै छन् । संसारभरि छन् ।कोहि आधारभुत आवश्यकता जुटाउन विदेशिएका छन्, कोहि गुणात्मक जीवन बिताउन, कोहि नेपालको पद्धती, “पोलिटिक्स” र प्रशासनबाट बिरक्तिएर, कोहि उच्च शिक्षा हासिल गर्न जाँदा उतै पलायन भएर बसेका छन् ।

यो हाम्रो देशको नियतिले निम्त्याएको दुर्दशा हो । जब एउटा नागरिक “आफु जन्मेको देशमा खुशी हुन सक्दैन” तब त्यो नागरिक जुनै देश गए पनि कुनै न कुनै हिसाव दुःखी भैराखेको हुन्छ भन्ने म सम्झिरहेछु यतिबेला, चाहे त्यो देश प्रतिको प्रगाढ प्रेमले होस् या दुई भिन्न भुगोलले भत्काइदिएको उस्को परिचयले होस् । यसो भनिरहँदा मलाई डर लागिरहेछ एउटा ठूलो जमातले मलाई घृणा गर्ला । विदेश बसेर त्यो पनि अमेरिका खुब देश भक्ति भावको कुरा गर्छ भन्ला ।त्यसको स्पष्टिकरण दिनु यो लेखको उद्देश्य होइन ।किनभने “देशप्रतिको भावना संसारको कुनै पनि कुनामा गएर पोख्न सकिन्छ ।”

यो लेखको आशय म अहिले के सोचिरहेछु र के कुराले हामी आफैँ आफ्नै देश भित्र अगाडि बढ्न सकिरहेको छैन भन्ने हो । यो कुरा भनिरहँदा मलाई आफ्नै व्यक्तिगत जीवन थोरै केलाउन मन लाग्यो । हरेक व्यक्तिका आ–आफ्नै जीवन अनुभवहरु हुन्छन् र, ती सबै उपयोगी, मिठा र सुन्दर हुन्छन्, हो अनुभवहरु नराम्रा पनि हुन्छन् तर तीनले दिने पाठ जहिले पनि सुन्दर हुन्छन् र, त्यो अर्थमा भनिरहेछु अनुभवहरु सबै उपयोगी, मिठा र सुन्दर हुन्छन् ।

फरक यति हो ती अनुभवहरुलाई कसरी पस्कने ? जीवन अनुभव एउटा केक जस्तै हो जसलाई काट्ने हतियार मिल्ने भएन भने त्यो केवल नमिठो र कुरुप देखिन्छ । म एउटा असफल नेपाली नगारिक हुँ । म एउटा किसानको छोरो जसको पेटमा एकबेला दिनमा दुई छाक खान पुग्दैनथ्यो, आङ्मा एक जोर कपडा लाउन दशैँ पर्खनु पथ्र्यो, त्यो व्यक्ति अहिले एउटा सपनाको सहरमा चिल्लो कार चिप्ला बाटामा कुदाएर हिड्छ र उत्तिकै सुबिधाहरुको पनि उपभोग गर्छ त्यो एउटा कल्पना भन्दा पनि बाहिरको कुरा थ्यो एकबेला ।

सुन्दा म एक सफल नागरिक जस्तो लाग्छ तरमेरो जस्तो सफलता या त्योभन्दा कयौँ गुणा बढी सफल हुने धेरै नेपालीहरु यो संसार भरि छरिएर बसेका छन् । मैले मेरो सफलता मेरो भौतिक उन्नति या प्रगतिमा देखिरहेको या हेरिरहेको छैन । मैले तीनतले रेस्टुरेन्टमा बसेर उत्तर तिरका हिउँले भरिएका पहाडहरु हेर्दै मैले पिएको लाटेमा देखेको छैन । मैले मेरो सफलता मैले आफुलाई कति बदल्न सकेँ वा म जन्मेको वा हुर्केको ठाउँलाई बदल्न मैले के गर्न सकेँ, मेरो के योगदान रह्यो भन्ने हो । अन्तत्वगत्वा मैले केहि गर्न सकेको रहेनछु । म हरेक कुरामा असफल रहेछु । प्रेम, जीवन, चिन्तन र लक्ष्य । मैले देशलाई शब्दमा मात्र प्रेम गरेछु, प्रकृतिको वर्णन गरेर बसेछु कविता र कथामा ।

मेरो जन्मले म जन्मेको देशसँंग के अर्थ राख्छ मैले कहिल्यै त्यस प्रति चिन्तन गरिनछु । मेरो लक्ष्य के को, म आफु के बन्छु र मेरो व्यक्तित्वले मेरो देश विकासमा कसरी टेवा पुर्याउँछ भन्ने मैले कहिले सोचिनछु । ….खाली उ पनि विदेश गयो म पनि जान्छु, उसले त्यत्रो धेरै कमायो म पनि कमाउँछु, उसले त्यत्रो धेरै पढ्यो म पनि पढ्छु, म अब राजनीतिमा पस्छु, म अब देश बनाउँछु, म हलिउड छिर्छु हिरो बन्छु, खाली म को पछाडि मात्र कुदिरहेछु । स्वार्थी सपनाहरु बोकेर मात्र मैले मेरो तीस वसन्त भन्दा बढी बिताइसकेछु ।

म अलि अलि पढे लेखेको पात्र नै यति धेरै स्वार्थी भए पछि अरु कयौँ स्वार्थी पात्रहरु होलान् जो नेपाली समाजमा हुर्किरहेछन् । अनि हामी त्यही समाजबाट जन्माई रहन्छौँ देश चलाउने शासक जसलाई राजनीतिको फोहोरी खेल र भागबण्डा सिवायहरु कुनै ज्ञान हुन्न । “राम्रा मान्छेहरु पनि हाम्रो समाजमा नभएका होइनन्,” वकिल, पत्रकार, डाक्टर, नेता, कर्मचारी र यस्तै अरु कयौँ ।

एउटा कुलमान जस्तो कर्मचारीले वर्षौँ लोडसेडिंग भएको काठमाडौलाई चौबिसै घण्टा झिलिमिली पार्नसक्छ भने, हामी आफै अनुमान गर्न सक्छौँ एउटा राजनेताले हाम्रो जस्तो सुन्दर र सानो देशलाई चाहे मणि बनाउन सक्छ । तर खोइ !!! त्यो इच्छा शक्ति, त्यो “भिजन” रबिन्द्र मिश्र जस्ता पत्रकारले प्रश्न ? सोधेरै नेतालाई, प्रशासकलाइ अनुशासित, मर्यादित, जवाफदेही, निश्पक्ष, उत्तरदायी, र जिम्मेवारी बनाउन सक्छन् ।

त्यसैगरि डा. गोविन्द केसी जो आफु विर्सिएर देशका लागि लड्छन् । त्यसरी नै उनीहरुले समाजमा परिवर्तन ल्याईराखेका छन् । आफु जन्मेको माटो प्रति माया लाइराखेका छन् र उनीहरुले जसरी समाजलाई योगदान पुर्याईरहेका छन् त्यो हिसाबले अरुले सक्दैन । र, हाम्रो देशलाई यस्तै मान्छेको खाँचो छ जो आफ्नो स्थान र विशिष्टतामा रहेर एउटा बलियो लक्ष्य लिएर हिँड्छ । यस्ता राम्रा मान्छेहरु धेरै छन् हाम्रा समाजमा, नभएका होइनन् तर हामी सबै म को पछि दौडिन थालीम, म यस्तो भए भने यसो गर्छु र उसो गर्छु । यहाँ धेरै म नेता भए भने देश बनाउँछु भन्ने अनि नेता भएपछि चाकरी र चाप्लुसीको पछि लाग्ने यो हाम्रो दैनिकी भैसकेको छ ।

म सोच्दैछु आखिर कुलमानहरु राजनीतिमा छिरे भने, कसले घर घरमा बत्ति पुर्याउने । डा. गोविन्द केसीले पार्टी छिरे भने डाक्टरहरुको हक र हितको लागि कसले लड्ने । रबिन्द्र मिश्र जस्ता मान्छेहरुले पार्टी खोल्न थाले भने भ्रष्टाचार, अनियमितता, बेरोजगारको विरुद्ध कसले ठाडो प्रश्न गर्ने, आवाज बुलुन्द पार्ने, समाजलाई बाटो देखाउने । गायक, कलाकारहरुले पार्टीको झण्डा आढ्न थाले भने विशुद्द कलाकारिता कहाँबाट पाउने । प्लेटोले धेरै पहिले भन्थे जसको आशय हुन्थ्यो जो मान्छे राजनीतिमा होमिन जान्छ, उसले देशलाई कहिल्यै अगाडि लाँदैन तर जब नागरिकमा चेतना आउँछ तब राजनीति पनि सुन्दर हुन्छ ।

मेरो आशय चेतनाका संबाहकहरु राजनीतिमा नहोमिउन् भन्ने हो । यो मान्छेको मन हो धेरै महत्वाकांक्षाहरु हुन्छन् । तर एउटा लक्ष्य लिएर नहिँडे जीवन टुक्रिन्छ र त्यसले देशलाई केहि लाभ दिन सक्दैन ।

मैले केहि समय पहिले मेरो फेसबुक पेजमा एउटा स्टाटस पनि लेखेको थिएँ, एउटा ब्यङ्ग गर्दै जुन यस्तो थ्यो “नेपाल एउटा पार्टीप्रधान वा राजनीतिप्रधान देश हो” भनेर बुझिनु पर्नेमा, हामी अझै पनि कृषि प्रधान देश हो भनेर अल्झिरहेछौँ,

यहाँ सबैभन्दा ठूलो खेति राजनीतिकै हुन्छ, विभिन्न किसिमका पार्टी उमार्ने, तेरो भन्दा बढी उन्नत जातको मेरो हो भन्ने, तेरो भन्दा राम्रो मेरो फल्छ भन्ने तर बिउ चैँ फेरी एउटै, अहिले आएर त झन् कलाकार, पत्रकार, साहित्यकार सब देश बनाउन लागेका छन्, कोहि पार्टी कै झन्डा बोकेर मर्छु भन्छन्, कोहि देश बनाउनलाई म नै राजनितीमा नहोमी भएन भन्छन्,

कोहि मैले सबै भ्याए अब राजनीति गर्ने पालो भन्छन्, के सारो फस्टाएको यो राजनीति हाम्रो नेपालमा विभिन्न पार्टीको मेजर राखेर एउटा विश्व विद्यालय खोल्नु पर्छकी क्या हो, सोच्दैछु, रामपुरको कृषि विश्व विद्यालयलाई हटाएर नेपालका पार्टी विश्व विद्यालय भनेर खोल्ने हो भने त व्यापार राम्रो पो! हुन्थ्यो होला, म आफु महत्वाकांक्षी भएर हो कि? किन यो सबै थोक गर्न मन लागेको छ, कवि त यसै छु किनभने कविता लेख्छु, तर मलाई फिल्ममा पनि खेल्न मन छ आजभोलि अनि विस्तारै राजनीतिमा छिरेर यो देश पनि बनाउन मन छ, तर कसरी बनाउने केहि थाहा छैन, तर कसम भनेको म विदेश चैँ बस्तिन, यो मात्र केहि समय हो ।

बाबुरामले नयाँ शक्ति खोले, मिश्रले बीबीसी छोडेर राजनिती गर्न लागे, करिष्मा बाबुरामतिर गईन्, रेखा खोई को संग भईन्, कोमल प्रजातन्त्रमा पसिन्, यी सब देश बनाउन त हिँडेका हुन्, एउटा चिठी बाबुरामलाई लेखेर हजुरकोमा एउटा ठाउँ खालि छ भन्न मन लाग्छ, फेरी लाज लाग्छ आ जात के फाली हाल्नु, अब त मिश्र पनि आए त्यतै छिरौँ कि जस्तो पनि लाग्छ, फेरी मिश्रले मलाई के बाल देलान् र ।

हुन त उनी मलाई मन पर्ने पत्रकार हुन्, जे भए पनि प्रश्न खरो गरी सोध्छन् अब उनले पनि राजनीतिको खेति गर्न थालेपछि उनको ठाउँमा प्रश्न सोध्न को आउने, उनलाई कसले सोध्ने, कसले झक्झकाउने, अहिलेसम्म मैले देखेको मिश्रलाई सुहाउने सब भन्दा राम्रो नेतालाई प्रश्नले झापड हानेको त्यति राम्रो त हुनलाई न कविता वाचन गर्दा सुहाउँथ्यो न भाषण गर्दा, आ के टेन्सन लि राख्नु जन्मेला नि! एउटा । म निराश छँदै छुइन र कसैको आलोचना पनि गर्दिनँ खालि मेरो प्रश्न यो राजनीतिप्रधान देशलाई किन कृषिप्रधान देश भनिन्छ जहाँ किसानहरु भोकै मर्छन् ।

यो यद्यपि एउटा सानो ब्यङ्ग थ्यो । मलाई खुशि छ मिश्र राजनीतिमा छिरे, शुभकामना ।

उनले सोचेको पुरा होस्, यस्तो नहोस्, बाबुरामले जस्तो फेरी टुक्रिएर फेरी अर्काे पार्टी खुल्दै जिन्दगी नबितोस् । मिश्रजीका उपमा धेरै हुने भए पत्रकार, साहित्यकार, कलाकार, राजनीतिकार, अब यो भन्दा बढी भरसक नहोस् । सोच्दैछु, यी सबै पार्टीलाई मिलाएर दुइवटा पार्टी मात्र पार्न सक्ने कुनै माइकलाल भईदिए अहिले म यो लाटे हुम्लाको तीनतले रेष्टुरेन्टमा खाँदै संसारभरिबाट आउने पर्यटकले स्कींग गरेको मनोरम दृश्य हेरेर बसिरहेको हुने थिएँ । सोच्दैछु म राजनीति गर्नलाई लायक छैन त्यो मेरो व्यक्तित्व होइन, तर म केहि युवा जुटाउन सक्छु जसले समाजलाई सचेत बनाउन सकोस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.