जय “अ” ! यो स्वरवर्ण भएरै चम्किरहोस ।

ता हुनलाई त असल, अजम्बरी, अनुकरणिय, अब्बल, अलंकारिक, अमृतमया, अजर, अमर, अभिलाषी, र अतुलनिय हुनसक्नु पर्छ । यदि हुन सकेनौ भने तिमीलाई हामीलेनै सराप्ने छौ यसरि : ए अज्ञानी, असमझादार, अविवेकी, अरास्ट्रबाद, अतिबाद, अराजक, अयोग्य, अफ़्टेरो, अबिस्वासिलो, असहज, अचाहिँदो, अर्गेलो, अगतिलो, अपत्यारिलो, अलिनो, असहिशुण, अलक्षिनि, उपद्रो, र उरन्ठेउलो!

यसो भनिरहँदा मलाई बिपीले पंचायत बिरुद्द लड्दा उनलाई उनका कार्यकर्ताहरुले साथ् दिएको याद आयो । उनका कार्यकर्ताहरुले आफ्नु ज्यान समेत जोखिममा राखेर उनलाई दिएको साथ् भने बृहतर हितको लागी थियो । त्यो थियो निर्दलीय ब्यबस्था ढाल्ने र देशमा प्रजातन्त्र पुनर्बाहाली गर्ने । उनका कार्यकर्ताले बीपीको निस्वार्थ भाब बुझेका थिए । बीपीले त्यो कुरा बुझाउन सकेका थिए ।

नेपाली शब्दकोषमा “अ” अक्षरको परिभाषा यसरि दिएको भेटिन्छ । “अ” देवनागरिक बर्णमालाको स्वरवर्ण मध्ये पहिलो स्वरवर्ण, परम्परागत रुपमा कण्ठस्थानबाट उच्चारण हुने ह्रस्व स्वरवर्ण मानिएको र भाषा बिज्ञान अनुसार आधाखुला; केन्द्रीय स्वरबर्ण; लेख्यरुपमा सो स्वरबर्णको प्रतिनिधित्व गर्ने लिपिचिन्ह। शब्दका अगाडि लागी अभाब, भिन्नता, बिपरितता आदि अर्थ बुझाउने पुर्बसर्ग (अगति, अज्ञान, अफाप, अयोग्य इत्यादि ); झर्को, गालि, बिवास्था, अस्विकार आदि बुझाउन आवेगका अवस्थामा पर्योग गरिने बिस्मयादिबोधक शब्द ।


शब्दका अगाडि “अ” लाउँदा बन्ने प्राय सबै शब्द अगतिला भए पनि “अ” बाटै उठेका शब्दहरु कम्ता गतिला छैनन् जस्तो असल, अजम्बरी, अनुकरणिय, अब्बल, अलंकार, अमृत, अजर, अमर, अभिलाषी, अतुलनिय आदि इत्यादि । तर प्राय शब्दका आगाडी “अ” लागे पछि बिपरितार्थ बुझाउने शब्दहरु अनगिन्ति स्वस्फुर्त फेला पर्छन, जस्तो, अज्ञानी, असमझादार, अविवेकी, अरास्ट्रबाद, अतिबाद, अराजक, अयोग्य, अफ़्टेरो, अबिस्वासिलो, असहज, अचाहिँदो, अर्गेलो, अगतिलो, अपत्यारिलो, अलिनो, असहिशुण, अलक्षिनि, उपद्रो, उरन्ठेउलो, अभागी आदि इत्यादि ।

धारे हात लाएर कसैलाई गालि गर्नु पर्यो भने सुरु हुन्छ यसरि: “तलाईं,..” अनि के के भनेर गालि गर्नु पर्ने हो प्राय धेरै “अ” बाटै उठछन । खास गरि अहिले हाम्रो देशको राजनीतिमा नेताहरुलाई गालि गर्नु पर्यो भने। अहिले हाम्रो नेपालको राजनीति यस्तो भइदियोकी “अ” बाट उठेका गतिला शब्दहरुको प्रयोग गर्नै नपाईने भो । जतिपनि बिपरितार्थ बुझाउने शब्दहरुछन् ति सबै मानौकि नेताकै पेवा सम्पति हुन् जत्तिकै भैसके । कसैले पनि गर्न र एउटा प्रभाब छोड्न सकेन असल, अजम्बरी, अनुकरणिय, अब्बल, अलंकारिक, अमृतमया, अजर, अमर, अभिलाषी, र अतुलनिय कामको । जति पनि नेताको नाममा नेता निस्के प्राय सबै अज्ञानी, असमझदार, अविवेकी, अरास्ट्रबाद, अतिबाद, अराजक, अयोग्य, अफ़्टेरो, अबिस्वासिलो, असहज, अचाहिँदो, अर्गेलो, अगतिलो, अपत्यारिलो, अलिनो, असहिशुण, अलक्षिनि, उपद्रो, र उरन्ठेउलो निस्के ।


असल नेता कसलाई भन्ने? यो सजिलो प्रश्न होइन। म जस्तोलाई जो नेतालाई गालि मात्र गरिरहन्छ? मैले मेरो क्षमता पनि आँफै जाँचीसके ।

एक महिना अगाडिको कुरा हो गाउँमा भेला बस्ने कुरा भो ढल राख्ने बिषयमा । म पनि सहभागी भए । आँफुलाई अलि अलि पढेको ठान्ने म आफ्ना कुरा पनि राख्न पाइने , केहि सल्लाह सुझाब पनि दिन पाइने भन्ने लाग्यो। भेलामा झन्डै ५० जना जति उपस्थित थियौं । साथमा गाबिस अध्यक्ष पनि थिए। कुरा सुरु भयो । कतिले ढल राख्न नदिने कुरा गरे आफ्नु घरको जग्गा मिचिन्छ भनेर। कतिले आ-आफ्ना सल्लाहा तेर्स्याए । मैले पनि मनमा लागेको कुरा बोले, “म तपाईंहरुको बासिन्दा भएर बसेको पनि ३ बर्ष भैसक्यो, अहिले सम्म बर्खामा घुडा घुडा पानि हुन्छ, ल यो ढलको काम चाँडो सकेर बाटो बनाउन थालिहाल्नु पर्छ, बिकाशको काममा बाधक बन्नु हुँदैन ।” एक जना अधबैशे मान्छे जुरुक्क उठे आफ्नु ठाउँबाट र पाखुरा सुर्किदै सबैका अगाडि धम्क्याउन थाले, “तपाइँ कहिले आउनु भाको यो ठाउमा? हँ ? म यहाँ बर्षौ भयो बसेको र त सुबिधाको उपयोग गर्न पाको छैन , जाबो आको तिन बर्षमै पाइन्छ?” अरुले उनलाई थुम्थुम्याए र उनलाई उनि बसेकै कुर्शीमा थचारे । म भाबुक भए । केहि सल्लाह दिउला , मनमा लागेको कुरा बताउला, आफुले जानेको, अलिकती पढेको ज्ञान र सिप सेयर गरौला र आफ्नु स्थानिय ठाउलाई हराबरा बनाउला भन्ने जोस, जागर, र उमङ्ग लिएर त्यस भेलामा पुगेको म त्यसै त्यसै भाबुक भएर बसे कुर्सीमा र नर्भस हुँदै उनीहरुकै कुरा सुने केहिबेर । सायद म टोलाए । छलफलकै क्रममा कुरा हुन थाल्यो अब काम कसरि अगाडि बढाउने? मलाई लाग्यो म फेरी एक चोटी बोल्नु पर्छ र मैले जानेको वा लागेको कुरा सेयर गर्नुपर्छ । म बोल्नलाई के मात्र उठेको थिए र भन्न मात्र लाग्दैथे, “मलाई के लाग्छ भने….” मेरै गाउँमा बस्ने पहिला माओबादिमा ६ कक्षा पढदा पढ्दै राजनीति गर्न होमिएका एक अधबैसे युवक जुरुक्क उठे र म तिर खनिए , “तपाई बोल्न पाउन हुन्न अगि बोलि सक्नु भो!..” मैले कोशिश त गरे तर उनि तातिरहे । म किम्कर्त्यबिमुण भए । यो म बस्ने भेला होइन भन्ने लाग्यो । म भाबुक भए । र त्यो भेला छोडेर म हिंडे । बाटाभरि सम्झिए आखिर यहि संस्कृति त होला नेपाली राजनीति भित्र पनि भन्ने लाग्यो । र चित्त बुझाए। त्यस दिन बाट मैले आफ्नु विश्लेषण आफैले गरेकि म नेता हुन् लायकको मान्छे होइन । त्यसदिन बाट मैले नेताहरुलाई अझ गालि गर्न थाले । नेताहुन् लायक तीमी छैनौ भने किन नेता भई हिड्छौ? तीमी म जस्तो भाबुक छौ भने आजै बाट नेता हुन छोडदेउ । यो सजिलो काम होइन ।

नेता हुनलाई त असल, अजम्बरी, अनुकरणिय, अब्बल, अलंकारिक, अमृतमया, अजर, अमर, अभिलाषी, र अतुलनिय हुनसक्नु पर्छ । यदि हुन सकेनौ भने तिमीलाई हामीलेनै सराप्ने छौ यसरि : ए अज्ञानी, असमझादार, अविवेकी, अरास्ट्रबाद, अतिबाद, अराजक, अयोग्य, अफ़्टेरो, अबिस्वासिलो, असहज, अचाहिँदो, अर्गेलो, अगतिलो, अपत्यारिलो, अलिनो, असहिशुण, अलक्षिनि, उपद्रो, र उरन्ठेउलो!

यसो भनिरहँदा मलाई बिपीले पंचायत बिरुद्द लड्दा उनलाई उनका कार्यकर्ताहरुले साथ् दिएको याद आयो । उनका कार्यकर्ताहरुले आफ्नु ज्यान समेत जोखिममा राखेर उनलाई दिएको साथ् भने बृहतर हितको लागी थियो । त्यो थियो निर्दलीय ब्यबस्था ढाल्ने र देशमा प्रजातन्त्र पुनर्बाहाली गर्ने । उनका कार्यकर्ताले बीपीको निस्वार्थ भाब बुझेका थिए । बीपीले त्यो कुरा बुझाउन सकेका थिए ।


गतिलो नेता बन्नलाई तिमीले खप्पर पनि त्यस्तै लिएर आउनु पर्छ र त्यस्तै नेतृत्व क्षमतापनि हुनु पर्छ जसले गर्दा तिम्रा कार्यकर्ताले, तिम्रा पार्टी भित्रकै मान्छेले तिमीलाई साथ दिन थाल्नेछन । पार्टीभित्रका हरेक गुण र अबगुणको जिम्मा स्वयं तिम्रा पार्टीका मान्छेलेनै लिने छन् । तिमीमा राम्रो नेतृत्व छ भने तिमीलाई दोष देखाउन होइन तीमीलाइ र तिम्रो पार्टीलाई बचाउन तिर लाग्न थाल्नेछन । त्यसको स्वार्थ बृहतर हुन्छ। देश र जनताको हितमा हुन्छ । जब अहमता (फेरी “अ” आयो) हुन्छ नेतृत्व बर्गमा र पार्टीका कार्यकर्ता र आफ्नै पार्टीका मान्छेको मन र मस्तिष्क सम्म पुग्न सक्दैन त्यहाँ सुरु हुन्छ खण्डिकरण। त्यसैको परिणाम त हो यो सबै देखा परेको नपाली राजनीतिमा । यसो भनिरहँदा मलाई बिपीले पंचायत बिरुद्द लड्दा उनलाई उनका कार्यकर्ताहरुले साथ् दिएको याद आयो । उनका कार्यकर्ताहरुले आफ्नु ज्यान समेत जोखिममा राखेर उनलाई दिएको साथ् भने बृहतर हितको लागी थियो । त्यो थियो निर्दलीय ब्यबस्था ढाल्ने र देशमा प्रजातन्त्र पुनर्बाहाली गर्ने । उनका कार्यकर्ताले बीपीको निस्वार्थ भाब बुझेका थिए । बीपीले त्यो कुरा बुझाउन सकेका थिए । त्यो क्षणलाइ सम्झेर दुर्गा सुबेदी आफ्नो पुस्तक “बिमान बिद्रोह” मा लेख्छनकि बीपीले उनलाई दुइ थप्पड हान्दा पनि र बिमान अपहरणको मुद्दामा जेलमा हुनुपर्दा पनि उनले बीपीको नाम लिएनन किनकि उनले बुझेका थिए त्यो लडाई देश र जनताको पक्षमा थियो । त्यतिबेला सुबर्ण समसेर समेत पछि आएर बीपीको बिचारमा असहमत भए किनकि उनलाई बीपीले चालेको हिंसाको आन्दोलन मन परेन । यद्दपि उनले बीपीको देशप्रतिको प्रेमलाई आत्मसाथ गरिरहे । त्यसलाई भनिन्छ बीपीको नेतृत्व । त्यहि भएर बीपीको नाम अझै पनि आइरहन्छ । असल नेतृत्व न जेलमा बर्ष बिताउदैमा आउछ , न त कण्ठमुक्तले एक दुइ वटा टुक्का र भाषण ठेल्दैमा हुन्छ, न हुन्छ धेरै पढेर र कुरा खेलाएर, न बलियो-बांगो मात्रै भएर हुन्छ ।


पूर्व प्रधान न्यायाधिश शुशिला कार्की भन्छिन आफ्नो पुस्तक “न्याय”मा “जतिसुकै व्यवस्था परिवर्तन भए पनि सत्तामा पुग्नेहरुको चरित्रमा भने कहिल्यै परिवर्तन आएन ।…चाहे २००७ को होस्, २०४६ को वा २०६३ सालको होस् , सिङ्गो राज्यव्यवस्था होइन,नेताहरुले जहिले पनि आफ्नो वैयक्तिक हैसियत परिवर्तनलाई नै सम्पुर्ण परिवर्तन ठाने ।…” (पृ.१४५-१४६)। फेरी उनि भन्छिन, “…नेताहरुमा अहम छ । तिनीहरुमा राजनैतिक संस्कारको अभाब देखिन थालेको छ । गहिरो अध्यन र गतिलो बुझाइ भएका नेता पनि कम छन् । … लालसा छ । ..मर्यादा छैन…”


अब आएर असल नेतृत्व त एउटा बोध हो जुन गौतम बुद्धले तपस्या गरेजस्तो गरेरै पाइदैन, न माओबादिले बन्दुक बोकेजसरी बोक्दैमा हुन्छ । यो भाबना होइन मेरो जस्तो । द्वैस होइन । घमण्ड होइन । रिस , राग केहि होइन। खुट्टा तनाई होइन । आरोप प्रत्यारोप होइन । खुचिङ्ग होइन । यदो हो त स्वास्थ्य संस्था हो । स्वस्थ संस्थाले मात्र राम्रो नेतृत्व दिन सक्छ । जसको लागी तिन कुराको आवस्यकता पर्दछ स्वस्थ संगठन, स्वस्थ सांगठानिक संस्कृति, र स्वस्थ कार्यकर्ता र ति सबैको लक्ष्य एउटै हुनुपर्छ । त्यो हुनुपर्छ असल, अजम्बरी, अनुकरणिय, अब्बल, अलंकारिक, अमृतमया, अजर, अमर, अभिलाषी, र अतुलनिय । नभए जनताले सरापीराख्ने छन् यसरीनै : अज्ञानी, असमझादार, अविवेकी, अरास्ट्रबाद, अतिबाद, अराजक, अयोग्य, अफ़्टेरो, अबिस्वासिलो, असहज, अचाहिँदो, अर्गेलो, अगतिलो, अपत्यारिलो, अलिनो, असहिशुण, अलक्षिनि, उपद्रो, र उरन्ठेउलो। जय “अ” ! यो स्वरवर्ण भएरै चम्किरहोस ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.