छोरीको बाउ

 

पुर्ब अमेरिकी रास्ट्रपति बराक ओबामाले आफ्नो ट्वीटर खातामा आफ्नो परिचय आँफु बाउ, पति, रास्ट्रपति र नागरिक भनेर क्रमिक रुपमा उल्लेख गरेका छन् र यसरि आफ्नो परिचयको सुरुवात आफु बाउ हुँ भन्ने बाट सुरु गर्नुले एउटा बाउ हुनु वा बन्नुले कति महत्व राख्दछ भन्ने बुझ्न सकिन्छ ।

अहिले म पनि भर्खरै बाउ बनेको छु, अर्थात छोरीको बाउ । लैंगिक भेदभाबले अझैपनि गाँजेको हाम्रो नेपालि समाजमा छोरीको बाउ हुनु वा बन्नुलाई मैले गर्बको बिषय ठानेको छु । बाउ बने पछि हरेक बाउहरुको छोराछोरीहरु प्रतिको महत्वको बोध अझ बढी भएको छ । प्राय: मात्सल्यको मात्र चर्चा हुने सन्धर्भमा एउटा बाउको भूमिका, जिम्मेबारी र उसको छोराछोरीहरु प्रतिको वात्सल्य कति बिसाल हुँदोरहेछ भन्ने प्रमाण आफु स्वयं बाउ बनेपछि भेटिदोरहेछ । नेपाली शब्दकोशमा बाउको अर्थ बाबु, पिता, जनक, वा बा भनेर दिएको छ अर्थात पिता भन्नाले जन्माउने ब्याक्ति वा जन्मदाता भनेर ब्याख्या गरिएको छ । त्यसैगरी अंग्रेजी शब्दकोशमा यसलाई अरु बढी व्याख्या गरिएको छ । यसमा यो पनि भनिएको छ बाउ एक ब्याक्ति हो जसले सुरक्षा र सरक्षण दिन्छ । यी अर्थहरुले आफ्ना छोराछोरीहरु प्रति बाउको जिम्मेवारी कति हुँदोरहेछ भन्ने देखाउछ ।

त्यो संगसंगै आंफुले जन्माएको बच्चाबाट स्वयं बाउ आफै कति सुसुचित, संबेदनशील, सहनशील, शालीन, सहयोगी, र समझदार हुँदोरहेछ भन्ने उद्धारण स्वयं बाउ हुनुबाट थाहा पाइँदोरहेछ । ब्रिटिश स्वछन्दाबादी कबि विलियम वोर्ड्सवोर्थले आफ्नो कबिता ‘रेन्बो’ अर्थात इन्द्रेणीमा एक हरफ लेखेका छन ‘अ चायल्ड इज फादर अफ द मेन’ अर्थात ‘एक बच्चा त्यस व्यक्तिको बाउ हो’ । यसको अर्थमा थोरै पहेंली भएपनि र यसको व्याख्या धेरैले फरक किसिमले गरेपनि मैले यो लेख लेखिरहँदा यो सन्दर्भमा मेरो व्याख्यामा यसको अर्थ यो हुन आउँछकि त्यो बच्चा बाउ हुनेहरुकालागि जीवन र प्रेरणाको श्रोत हो । उक्त बच्चालाई हेरेर बाउले आफ्नो बच्चाको निर्दोषपन र जिज्ञासुपनको बोध गर्छ । उक्त बच्चाले बाउ जस्तो हुन र बन्न सिकाउछ । यस हिसाबले पनि जिवनमा बच्चाको बाउ हुनमा धेरै महत्व राख्दछ भन्ने कुराको अझ पुष्टि हुन्छ ।
यसरि बच्चाले बाउको वात्सल्यलाई कसरि ब्युँजाउछ भनिरहँदा आमाको मात्सल्यको अर्को पाटो छुटिन सक्छ । यद्दपि यो लेख बाउको भोगाई र आँखाबाट हो । खासगरी बच्चा संग आमाको मात्सल्यलाई स्वाभाविक रुपले जोडेर हेरिन्छ । जस्तोकी गर्भ रहेदेखि ९ महिनासम्म बच्चा आमाको गर्भमा रहनु, आमासंगका हरेक क्रिया प्रतिक्रियाले पेटभित्रको बच्चासंग अन्तरक्रिया गर्नु, एउटा कठिन र असहय पिडामा ‘लेबोर पेन’मा रहेर बच्चालाई जन्मदिनु र जन्मेसंगै त्यसबच्चालाई स्तनपान गराउनुले बच्चाप्रतिको मात्सल्य बढी देखिन्छ । आमा वा बाउ हुन या बन्न आफ्नै बच्चा हुनु या जन्माउनु पर्छ भन्ने पनि छैन यदि कोहि आफुलाई कसैको बाउ या आमा हुनुको बोध गर्छ भने । उद्धारणको लागि कसैलाई धर्म पुत्र या पुत्रीको रुपमा पाल्नु र उसलाई त्यहिरुपमा वात्सल्य या मात्सल्य प्रधान गर्नु, त्यस बच्चाको सुरक्षा र सरक्षण दिनु मान्न सकिन्छ । यसरि बाउ हुँदा या बन्दा मन बाट भन्दा पनि मस्तिष्कबाट बडी आफुलाई जिम्मेवारीको बोध होला सायद । तर आफै बच्चाको बाउ हुनु भनेको आफ्नै मुटुकोको आवाज सुन्नु, बच्चाको खुशीमा आँफु रम्नु, उसको सुरक्षा र सरक्षणको चिन्ता लिईराख्नु, उसको निर्दोष र अबोध मुस्कानमा जीवनको सुन्दर पक्ष खोज्नु, त्यस्तै सुन्दर संसारको कल्पना गर्नु, उसको भबिस्यको चिन्ता लिनु र उसलाई दुख्दा आफ्नु मुटु पोल्नु हुदोरहेछ भन्नुमा बढी यथार्थ छ ।

हामि प्राय नेपालि समाजमा महिलाको अर्थ र महत्व उनको बिबाह, उनले जन्माउने बच्चा, उनको मात्सल्यसंग जोडिन्छ । यदि महिलाको बिबाह हुन सकेन वा बिबाह पश्चात उनको बच्चा हुन सकेन भने उनको जीवनको अर्थ नेपालि सामाजिक मूल्य र मान्यतामा अझै पनि हेयको दृष्टिकोणले हेरिन्छ । हाम्रो सामाजिक सरंचनानै त्यहि भएकोले होला सायद स्वयं महिलाले आँफुलाई हेर्ने दृष्टिकोण समेत त्यहि छ । मेरी श्रीमती कृपा भण्डारीले नेपाली रास्ट्र दैनिक अन्नपुर्ण पोष्टमा २०७५ मंसिर ६ गते प्रकाशित ‘प्रेसक्रिप्सनसंगै काउन्सिलिङ्ग’ भन्ने लेखमा लेखेकी छन् ‘आमा बन्नु हर महिलाको भाग्यको कुरा हो । पहिलो पल्ट आमा बन्नेहरुका लागि त हरेक पल बिशेष हुने गर्छ’ । सामाजिक मान्यता होस् या नहोस अबस्यनै आमा बन्नु भाग्यको कुरा हो तर आमा बन्नु भाग्यको कुरा हो भन्ने कुराको सन्धर्भमा बाउ बन्नुपनि भाग्यको कुरा हो भन्ने चर्चा बढी नआउनु वा चाहेर पनि त्यो भन्ने साहास गर्न नसक्ने बाउहरुलाई देख्दा मेरो अनुभबले यहि बताईरहेको छ कि बाउ बन्नु पनि भाग्यको कुरा हो । यो बुझाईलॆ सामाजिक सरचनामा समानता त ल्याउछनै त्यो संगसंगै लैंगिक समानताको बुझाईमा अझ टेवा मिल्दछ ।

आमाको मात्सल्य संगसंगै बाउको बात्सल्यको पाटो कम हुँदोरहेनछ । जो कोहि पनि बाउ बन्न सक्ला तर बाउ बनिसकेपछि त्यो बच्चाको पिता हुनलाई बाउको वात्सल्यको खाँचो पर्न आउँछ । जुन बाउ भएर मात्र पुग्दोरहेनछ । एउटा बाउको हरेक क्रियाकलाप र गतिबिधिले उसको बच्चाको जीवनमा के प्रभाब पर्छ र कस्तो खालको भूमिका बाउको रहन्छ भन्ने कुरा महत्वपुर्ण हुन जादोरहेछ र त्यहि अनुसार आफु बाउ हुनुको अर्थ र त्यहा आफ्नु भूमिका र जिम्मेवारीको खोजि हुन थाल्दोरहेछ ।
अहिले आँफु बाउ भईरहदा मैले मेरो बुवालाई पनि सम्झिरहेको छु । उहाँले मलाई दिएको वात्सल्य सम्झिरहेको छु । र त्यसैलाई हेरेर म मेरी छोरीको आँखामा हेरिरहेछु र गर्ब गरिरहेछु बाउ हुनुको, बाउ बन्नुको । भारतीय नेता अर्थात पूर्व भारतीय रास्ट्रपति अब्दुल कलामको भनाई सम्झिरहेछु ‘यदि देश भ्रस्टाचार बिहिन र सुन्दर मस्तिष्क भएका मान्छेहरुको रास्ट्र हुनुछ भने म तीनवटा महत्वपुर्ण सामाजिक सदस्यहरुको उपस्थितिको अनुभब गर्नेछु जसले समाजलाई परिवर्तन गर्न सक्नेछन । ति हुनेछन बाउ, आमा र शिक्षक’ । सम्झिरहेछु फेरीपनि बाउ हुनुको जिम्मेवारी । पूर्व अमेरिकी रास्ट्रपति ओबामाको बायोमा उनले उल्लेख गरेको सब्द ‘बाउ’को महत्व ।

Advertisements
%d bloggers like this: